हनुमान मन्दिरमा मासिक निःशुल्क स्वास्थ्य शिविर, स्थानीयलाई राहत

भैरहवा, श्री राम जानकी हनुमान मन्दिर सेवा समिति सिद्धार्थ नगरपालिका वडा नं. को सहकार्यमा प्रत्येक महिनाको पहिलो मङ्गलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।

मन्दिर प्राङ्गणमा सञ्चालन हुने शिविर दिउँसो १२:३० बजेदेखि साँझ बजेसम्म चल्नेछ। यसैक्रममा चैत्र गते मङ्गलबार आयोजित स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

मन्दिर सेवा समितिका अध्यक्ष नरेश प्रसाद रौनियारका अनुसार स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भीम अस्पतालसँग सहकार्य गरी शिविर सञ्चालन गरिएको हो।

उहाँले मन्दिरमा हरेक मङ्गलबार भजन–कीर्तन हुँदै आएको उल्लेख गर्दै सामाजिक सेवाको भावनासहित स्वास्थ्य शिविर सुरु गरिएको बताउनुभयो। “यसबाट स्थानीय बासिन्दालाई ठूलो राहत पुग्ने विश्वास गरेका छौँ,” उहाँले भन्नुभयो।

आयोजकका अनुसार यस्तो शिविरले विशेष गरी अस्पतालसम्म पुग्न नसक्ने तथा नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने बिरामीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5