
रूपन्देही, फागुन
प्रत्यक्ष तर्फ शर्मनाक हार ब्यहाेरेकाे नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक तर्फ मतादाताकाे भावना विपरित सासदकाे नाम सिफारिश गरेकाे छ । फागुन २१ गतेकाे निर्वाचनमा आम मतादाताले पाटिका नेताहरुकाे जिम्मेवारी परिवर्तन गर्न दिएकाे अभिमत बिरुद्ध साे पाटिले समानुपातिक सासदकाे रुपमा बारम्बार अवसर पाईका नेताहरुकाे नाम सिफारिश गरेकाे हाे ।
पार्टीले खस आर्य (महिला) तर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र एशुदा कुमारी बराल (पिछडिएको) लाई सिफारिस गरेको छ भने खस आर्य (पुरुष) तर्फ गुरु प्रसाद बराल र पुष्पराज कँडेलको नाम पठाएको छ। त्यस्तै जनजाति (महिला) तर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा जनजाति (पुरुष) तर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ।

एमालेले थारु (पुरुष) तर्फ कृपाराम राना, दलित (महिला) तर्फ विष्णुमाया बी.के. र नीता घटानी, मधेसी (महिला) तर्फ रिडुना यादव र यशोधा कुमारी यादवलाई सूचीमा समेटेको छ। यसैगरी मधेसी (पुरुष) तर्फ चन्द्रेश्वर मण्डल र मुस्लिम (महिला) तर्फ साजिद सिद्दीकीको नाम पनि समानुपातिक सांसदका रूपमा सिफारिस गरिएको छ।
सिफारिश गरिएका नामहरु एमालेबाट बारम्बार विभिन्न अवसर लिने भित्र पर्दछन । साे पाटिकाे समानुपातिक सुचिमा पद्मा अर्याल, रामबहादुर थापा बादल अटाउँदा मुश्लिम कलस्टरमा रहेका एजाज आलम भने अटाउन सकेनन ।
एमालेले गरेकाे सिफारिश प्रति उक्त पाटिका नेता कार्यकताले सार्वजनिक रुपमा असन्तुष्टि ब्यक्त गरिरहेका छन् ।




