
गुल्मी । सामुदायिक विद्यालयहरूमा कम्प्युटर शिक्षा सैद्धान्तिक अध्ययनमै सीमित भइरहेका बेला गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेस्थित जनसहयोग माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना गरिएको छ।
स्थानीय समाजसेवी नरु बुढाथोकीको अगुवाइमा विदेशमा बसोबास गर्ने स्थानीयबाट करिब ७ लाख रुपैयाँ सङ्कलन गरी २० थान कम्प्युटर खरिद गरेर प्रयोगशाला सञ्चालन गरिएको हो।

विद्यालयका प्रधानाध्यापक लोकहरि पाण्डेका अनुसार दाताहरूको सहयोगमा कम्प्युटर, नेटवर्किङ, सिसिटिभी जडान तथा कम्प्युटर शिक्षकको व्यवस्था गरिएको छ। हाल १०९ विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा प्रयोगात्मक कम्प्युटर सिकाइ सुरु भएपछि विद्यार्थी उत्साहित भएका छन्।




