भैरहवामा धार्मिक परम्परा जोगाउँदै बर–पिपलको विवाह सम्पन्न

भैरहवाको व्यस्त बजार बुुद्धचौकदेखि जनकपथ हुँदै पूर्व पट्टी लागेपछि भेटिने डाडाँगाउँको पिपलबोट चौकमा बुुधबार बिहानैदेखि मानिसहरूको चहल पहल देखिन्थ्यो । सामन्यतया साँझपख चहलपहल हुने तर बिहान सुनसान जस्तै देखिने उक्त चौकमा बुुधबार बिहान मानिसहरू हस्याङफस्याङ गर्दै काम गरिरहेका थिए । सरसफाइ गरिरहेका थिए । बिहान ८ बज्नै लाग्दा धेरै मानिसहरू जम्मा भईसकेका थिए । पिपलबोट चौकमा रहेको पिपलबोटको पश्चिम पट्टी पूजा गर्ने जग्गा बनाइँदै थियो । केहिबेर पछि मानिसहरू जम्मा भए । २ जना पण्डितहरू पनि आए अनि शुुरु भयो पूजापाठ ।

बुुधबार बिहान करिब सवा ८ बजेबाट शुुरु भएको पूजा कार्य दिउँसो करिब २ बजे सम्म चलिरहयो । हिन्दु धर्म संस्कार अनुसार पण्डितहरूले मन्त्रोच्चारण गर्दै पूजा गरिरहेँ । पन्चे बाजाको तालमा बजाएर धुुमधामको साथ बिहे गरिएको छ ।

छेउमै मानिसहरू बाजाको तालमा छमछमी नाचिरहेका थिए । दमाहाहरू बडो रसिक तालमा सनही, धङकुरी बजाईरहेका थिए । बाटोमा ओहोर दोहोर गर्नेहरू अचम्म मान्दै एक छिन रोकिएर हेर्दै अगाडी बढिरहेका देखिन्थे ।

छेउमै २ जना पण्डितहरूले विवाह संस्कार अनुसार पुुजाको पाठ तथा श्लोक पढ्न भ्याई नभ्याई देखिन्थ्यो । ५।६ जना कर्ताहरू पण्डितले अह्राए अनुसार पूजा गरिरेका थिए । छिमेकीहरू राम्रा र सफा कपडा लगाएर नजिकै राखिएका कुर्चिमा लहरै बसिरहेका देखिन्थे ।

के बुढापाका , के तन्नेरी सबै पुस्ताका मानिसहरू भेला भई दुलाहाको रूपमा रहेको बरको रुख र दुुलहिको रूपमा रहेको पिपललाई उत्सकुतापुर्वक हेरिरहेका थिए । मानिसहरू खुसी हुँदै धार्मिक अनुष्ठानमा सहभागी भई रहेका थिए ।

३१ वर्ष अगाडी रोपिएको पिपल र बरको हिन्दु धर्म संस्कार अनुसार बिहे गराइएको पण्डित सुुर्यप्रसाद खनालले बताए । उनले भने, ‘वरपीपल रोप्ने देखि विवाह संस्कार सम्मका १६ सस्कारका कर्म सहित पूजा पाठ गरी वैदिक नियम अनुसार बिहे गराईको हो । ’

विक्रम सम्बत २०५० सालमा डाडागाउँ चौकमा पसल गर्ने स्थानीय भोज बहादुर खड्काले उक्त पिपलको बिरुवा रोपेका थिए । त्यो बेलाको समय सम्झिँदै खड्काको धर्मपत्नी ज्ञानकुमारी खड्काले ५१ सालमा रोपेको पिपल १० वर्ष सम्म स्याहार गरेको र अहिले हुर्केर बिहे गराउन पाउँदा खुसी लागेको बत्ताइन् । उनले विगत सम्झिँदै भनिन, ‘त्यो बेला सानो दोबाटो थियो । मेरो श्रीमानले छहारी पनि हुन्छ भनेर पिपल रोप्नु भएको हो । पछि मैले बर पनि रोपेको थिए । आज धार्मिक परम्परा अनुसार बिहे गराउन पाउँदा खुसी लागेको छ । ’

 

तीन दशक अगाडी बुबाले रोपेको पिपलको बिहे गर्न पाउँदा खुसी लागेको कर्ताको रूपमा पूजा गरिरहेका देशराज खड्काले बताए । खड्काले बुबाले गरेको असल कर्मले गर्दा आज सारा मानिसहरूको अगाडी गर्बका साथ पूजा पाठ गर्ने सौभाग्य प्राप्त भएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ र १२ को सिमाना छुट्टाउने चौकमा रहेको पीपलबोटको संरक्षण कोलागि स्थानीयहरूले समिति नै गठन गरेका छन् । डाँडा गाउँ पिपलबोट संरक्षण समितिको पहलमा उक्त ठाउँमा रोपिएको पिपलको संरक्षण गर्दै बिहेवारि गराइएको उक्त समितिका अध्यक्ष घनश्याम खत्रीले बताए ।

धर्म संस्कारको संरक्षण कोलागि टोलवासीहरूको एकता,सहयोग र सहकार्यमा डाडागाउँमा बर पिपलको बिहे सम्पन्न भएको हो । स्थानीयहरूले स्वयंसेवी भावले खटिँदै, आर्थिक, भौतिक , जिन्सी सहयोग गरेर उक्त बिहे सम्पन्न गराएका हुन् ।

विगतमा पहाडी भुुगोलमा सार्वजनिक ठाउँमा पोखरी खन्ने र मौलो गाड्ने, चौतारी बनाउने, लाँकुरी , स्वामी लगाउने , वरपीपल लगाउने प्रचलन थियो । वरपीपल लगाएपछि लगाउने मान्छेले नै वा उनको सन्तानले धार्मिक संस्कार अनुसार बिहे गराउने चलन थियो । उक्त परम्परा अहिले लोप भइरहेको बेला भैरहवा जस्तो व्यस्त बजारमा धर्म संस्कार संरक्षण गर्ने उद्देश्यले स्थानीयहरू एकजुट भई गरेको उक्त कार्यको धेरैले प्रशंसा गरेका छन् ।

३ दशक अगाडी सम्म डाडागाउँको दोबाटो भनेर चिनिने चौकमा पिपल रोपेर सयौँ मानिसहरूलाई गर्मीको समयमा छहारी सहितको चौतारी बनाउने अभियानको शुुरुवात गरेका भोज बहादुर भने करिब साढे २ दशकदेखि सम्पर्कविहीन छन् । सत्कार्यको शुुरुवात गरेका भोजबहादुर कुुनैदिन आएर आफुुले रोपेको पिपलको छहारीमा बसेर लामो सुस्केरा हाल्दै त्यो बेलाको दोबाटोमा अहिले विकसित भएको सहरोन्मूख डाडागाउँ चौकमा बसेर छिमेकीसँगै गफिँदै बर पिपलको बिहे बारेमा सोध्लान भन्ने अपेक्षा पनि धेरैले गरेका छन् । चौकमा थरथरीका दोकान सञ्चालन गरेका व्यापारीहरूले भोजबहादुरको इतिहासलाई सम्झिरहेको चौकमा फैन्सी पसल चलाई रहेका अनिल थापाले बताए ।

तस्वीर: नरेश के.सी.

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5