नेपाल–भारत मैत्री क्रिकेटमा भारतीय मिडिया टिम विजयी, १९६ रनको लक्ष्य पछ्याउँदै नेपाली टिम १०६ रनमै अलआउट

नेपाल भारत मैत्रिपुर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

सिमावर्ती नौतनवा स्थित इन्टर कलेज क्रिकेट मैदानमा सम्पन्न नेपाल–भारत मैत्री क्रिकेट प्रतियोगितामा भारतीय मिडिया टिम विजयी भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टिमले निर्धारित १५ ओभरमा १९६ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेपाली मिडिया टिम १५ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमै समेटिन बाध्य भयो।

प्रतियोगितामा नेपाली टिमका राधेश्याम विश्वकर्मा ‘बेस्ट ब्याट्सम्यान’, भीम भण्डारी ‘बेस्ट फिल्डर’ तथा रबिन्द्र गुप्ता ‘बेस्ट एमर्जिङ प्लेयर’ घोषित भए। यस्तै, भारतीय टिमका अनुज शुक्ला ‘म्यान अफ द म्याच’, अजय जयसवाल ‘बेस्ट बलर’ र सुदेश त्रिपाठी ‘बेस्ट विकेटकिपर’ घोषित भए।

कार्यक्रमका प्रमुख अतिथि महाराजगञ्ज जिल्लाका मुख्य विकास अधिकारी महेन्द्र सिंह तथा विशिष्ट अतिथि एसएसबी कमाण्डेन्ट जगदीस प्रसाद धाबाईले विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रममा बोल्दै मुख्य विकास अधिकारी सिंहले सिमावर्ती क्षेत्रमा हुने यस्ता खेलकुद गतिविधिले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

नेपाली टिमको नेतृत्व लुम्बिनी प्रेस क्लब का अध्यक्ष तथा लुम्बिनी खबरका सम्पादक कमल रायमाझीले गरेका थिए भने भारतीय टिमको नेतृत्व महाराजगञ्ज प्रेस क्लबका अध्यक्ष तथा जि न्यूजका जिल्ला प्रमुख अमित त्रिपाठीले गरेका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5