
भनाइ छ– ‘शत्रुबाट जोगिन सजिलो हुन्छ, तर मित्रको भेषमा आएको ठगबाट जोगिन मुस्किल पर्छ ।’ ठ्याक्कै यस्तै नियति भोगिरहेका छन् भैरहवाका युवा उद्योगपति सुनिल यादवले ।
भैरहवाका उद्योगपति यादवलाई यसरी मित्रताकाे जालमा फसाएर बिल्लिबाठ लगाउने गाेपाल श्रेस्ठ प्रहरिकाे खाेरमा परेपछि उनकाे जालझेलकाे पर्दाफास भएकाे छ ।

सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ बस्ने ५६ वर्षीय श्रेष्ठले भैरहवाका यादवलाई साथि बनाएर भएभरकाे सम्पति पनि सकाईदिएकाे आराेप लागेकाे छ ।
भैरहवाका यादव र काठमाडौंका श्रेस्ठबिच करिव ४ बर्ष अगाडि बि सं २०७८ सालमा परासीको एक जग्गा कारोबारकाे क्रममा चिनजान भएकाे हाे । त्यहि चिनजान बाक्लिदैजादा उनिहरुबिच अन्य ब्यवसायिक काराेबार गर्ने सरसल्लाह भयाे । श्रेस्ठले सिन्धुपाल्चोक ताताेपानि नाका तर्फ आफ्नाे राम्रो पहुच रहेकाे र छिमेकि मुलुक चिनबाट चिनिया समान लिएर तराईमा बेच्न सके फाईदा हुने बताएपछि यादब उनकाे याेजनामा सहमति जनाउदै गए । भैरहवामा उद्योग चलाईरहेका यादव श्रेस्ठकाे साथ पाएपछि थप हाैसिदै गए । २०८० सालदेखि टिनकाे जस्तापाता उत्पादन गरिरहेकाे इश्रावती स्टिल प्रा.लि. सन्चालन गरिरहेका उनले श्रेस्ठकाे सहयाेगमा उद्योगमा बैक मार्फत ऋण लगानि बढाउने याेजना बनाए ।
बि सं २०८१ सालमा यादवले आफ्नाे उद्याेगकाे क्षमता वृद्धि गर्न लगानी बढाउने साेच बनाउछन् । बैंकबाट ऋण लिने निर्णय गर्छन । नजिकका साथि श्रेष्ठलाई आफ्नाे कुरा सुनाउछन् । त्यसपछि श्रेष्ठले यादवलाई तत्कालिन एनसीसी बैंक (हाल कुमारी) का सीईओ आफ्नै दाजु भएको बताए । साथिकै दाजु बैककाे सीईओ भएकाे सुनपछि यादव झनै खुसि भए ।
श्रेष्ठले २० करोडको लोन र एलसी मिलाइदिने आश्वासन दिए । त्यसपछि ऋण पाउने लाेभले यादबले श्रेष्ठले भने अनुसार गर्न थाले ।
श्रेष्ठले शुरुमा ऋण मिलाइदिए बापतकाे कमिसन भनेर कम्पनीको कुमारी बैंकको खाताबाट ९ लाख र ५ लाखका चेकहरू कटाउन लगाए । त्यसपछि पुँजी वृद्धिका लागि भन्दै भाइ अनिल यादवको लुम्बिनी विकास बैंकको ५ लाख ९७ हजारका दुईटा चेक कटाए । त्यसबाहेक पनि ५ लाखका थप ३ थान चेक कटाउदै गए । यादवले बिश्वास गरेर चेक काट्दै दिदै गरे । श्रेष्ठ यतिमै राेकिएनन् । श्रेष्ठले आफैँ ४० लाख रुपैयाँ भरेर कीर्ते हस्ताक्षर गरी बैंकमा बाउन्स गराए र २०८२ चैत १८ गते यादवलाई फोन गरी “४० लाख नदिए जेल हाल्छु” भन्दै ब्ल्याकमेलिङ गरेकाे आराेप पनि खेपिरहेका छन् । उक्त चेक यादवकै गाडी प्रदेश ३-०१-०२२ च ०९८८ बाट लगेकाे आराेप यादवले लगाएका छन् ।
त्यसपछि यादव र श्रेस्ठबिचकाे सम्बन्ध मित्रतापुर्णबाट शत्रुतापुर्णमा परिणत हुँदै गयाे । यादव पटपटक सिंहदरबार, लैनचौर र ललितपुरका प्रहरी वृत्तहरूमा ‘बैंकिङ कसुर’ मा थुनिए । यादव सिंहदरबारको हिरासतमा छँदा श्रेष्ठले त्यहीँ पुगेर ‘मिलापत्र गरिदिन्छु’ भन्दै थप ३०–३० लाखका दुई वटा चेक (कृषि विकास बैंकको चेक नं. ००२४४४४९९५ र ००२४४४४९९८) मा जबर्जस्ती हस्ताक्षर गराएकाे आराेप छ । उनले पुराना चेकहरु पनि फिर्ता गरेनन् । थप दुइवटा नयाँ चेक कटाएर गए । यादव थुना बाट छुटेर भैरहवा फर्किए
त्यसपछि श्रेष्ठले यादवलाई धम्काउदै पैसा माग्न थाले । प्रहरीमा पेश गरिएको विवरण अनुसार, श्रेष्ठले बैंक ट्रान्सफर, क्युआर र नगद गरी हालसम्म ६७ लाख ३९ हजार ५ सय असुल गरिसकेका छन् ।
के भन्छन् प्रहरी र कानुनी विज्ञ ?
यस विषयमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले पीडितको जाहेरीका आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको बताएका छन् ।
यता, मुद्दाको प्रकृतिलाई नियालिरहेका वरिष्ठ अधिवक्ता धर्म खड्काले श्रेष्ठको नियतमाथि गम्भीर प्रश्न उठाएका छन् । वरिष्ठ अधिवक्ता खड्का भन्छन्, “यो मुद्दामा गोपाल श्रेष्ठको नियत ठिक रहेको देखिँदैन । उनीमाथि लागेका चेक चोरी, कीर्ते हस्ताक्षर र अनुचित लेनदेनका आरोपहरू गम्भीर छन् । अब अदालतको निर्णय कस्तो आउँछ, त्यसले नै आगामी अनुसन्धानको पाटो तय गर्नेछ ।”
श्रेष्ठकै कारण अहिले इश्रावती स्टिल बन्द छ, यादव ‘ब्ल्याक लिस्ट’ मा परेका छन् र उनको निजी गाडी समेत श्रेष्ठलाई पैसा बुझाउनकाे लागि बेचिदिएका छन् । मित्र बनेर आएको एउटा अन्जान कसरी एउटा उद्यमशील युवाको भविष्यमाथि खेलबाड गर्छ भन्ने यो ज्वलन्त उदाहरण हो । “लाेभले लाभ, लाभले विलाप” भने झै भएकाे छ सुनिल यादवलाई अहिले ।




