नुवाकोट गढीमा प्रथम महोत्सव सुरु, पर्यटकको उल्लेख्य भीड

पाल्पाको तिनाउ गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय स्थल नुवाकोट गढी मा नयाँ वर्षको अवसर पारेर प्रथम नुवाकोट महोत्सव २०८३ सुरु भएको छ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगर ले एक कार्यक्रमबीच गरेका हुन्। उद्घाटन समारोहमा उनले नुवाकोट गढीलाई ऐतिहासिक तथा पर्यटकीय सम्पदाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री भोज प्रसाद श्रेष्ठ ले नुवाकोटको ऐतिहासिक र प्राकृतिक महत्व उल्लेखनीय रहेको बताए।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ ले नुवाकोट गढीको पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

त्यसैगरी, महोत्सवका कार्यक्रम संयोजक तथा पर्यटन व्यवसायी माधब नेपाल ले नुवाकोटलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्रका रूपमा प्रवर्द्धन गर्न आवश्यक रहेको धारणा राखे।

मंगलबार र बुधबार सञ्चालन हुने महोत्सवमा पर्यटकको उल्लेख्य भीड देखिएको छ। सिद्धार्थ केबलकार मार्फत नुवाकोट पुग्ने पर्यटकको संख्या अत्यधिक बढेको छ भने टिकट नपाएर घण्टौं लाइन बस्नुपर्ने अवस्था देखिएको छ।

केबलकारमार्फत मात्रै मंगलबार करिब २ हजार भन्दा बढी पर्यटक नुवाकोट पुगेको अनुमान गरिएको छ। गर्मी छल्न र प्राकृतिक सौन्दर्य अवलोकन गर्न नुवाकोट गढीमा यतिबेला आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5