भैरहवामा दुई लाख घुस लिँदै मालपोतका नासु पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको भैरहवास्थित मालपोत कार्यालय भैरहवाका एक कर्मचारीलाई दुई लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

अख्तियार अनुसन्धान आयोग बुटवल कार्यालयबाट खटिएको टोलीले सोही कार्यालयमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो। उनले जग्गा सम्बन्धी काममा ‘सर्जमिन मुचुल्का’ प्रक्रिया सहज गरिदिने बहानामा रकम माग गरेको उजुरीपछि अख्तियारले निगरानी बढाएको थियो।

विशेष सूचनाका आधारमा परिचालित टोलीले मगरलाई भैरहवा बजार क्षेत्रबाटै रंगेहात समातेको जनाएको छ। पक्राउका क्रममा उनको साथबाट घुस बापतको दुई लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ।

अख्तियारले पक्राउ परेका मगरमाथि थप अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई आवश्यक कानुनी प्रक्रिया अन्तर्गत कारबाही गरिने आयोगले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5