भेपमा सुन तस्करी प्रकरण : पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विद्युतीय चुरोट (भेप)भित्र लुकाएर सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनियाँ तस्करहरूसँग मिलेमतो गरी अवैध रूपमा सुन ओसारपसार गराएको अभियोगमा महराका छोरा राहुल महरासहितलाई प्रतिवादी बनाएको हो। यस प्रकरणमा करिब ७ करोड रुपैयाँ बिगो कायम गरिएको बताइएको छ।

महरासँगै सहसचिव अरुण पोखरेललाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।

अभियोगपत्रअनुसार पुस २०७९ मा भेपको आवरणमा नेपाल भित्र्याइएको सुन पास गराउन महरासहितका व्यक्तिहरूको संलग्नता रहेको दाबी गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5