ओली हाजिर जमानीमा रिहा, प्रमाण नपुगेपछि मुद्दा नचलेको दाबी

भदौ २३ र २४ मा भएका घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले बिहीबार बिहान हाजिर जमानीमा रिहा गरेको छ। सर्वोच्च अदालतको आदेशअनुसार उनलाई पत्नी राधिका शाक्यको जिम्मा लगाएर छाडिएको हो।

रिहापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओलीले सरकारमाथि पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले आफूलाई फौजदारी अभियोग लगाइएको आरोप लगाएका छन्। ‘१३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखिए पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु,’ उनले उल्लेख गरेका छन्।

यसअघि अदालतले थपिएको म्यादभित्र अनुसन्धान सकेर मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न निर्देशन दिएको थियो। सोहीअनुसार प्रमाण नपुगेपछि उनलाई रिहा गरिएको बुझिएको छ।

स्वास्थ्य अवस्थाबारे पनि जानकारी दिँदै ओलीले केही दिन अस्पतालमै बसेर उपचार गराउने बताएका छन्। उनका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार उनी चिकित्सकको निगरानीमा रहनेछन् र सोमबार पत्थरीको अपरेसन गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5