सिद्धार्थनगर नगरपालिकाद्वारा ८ पत्रकार नगदसहित सम्मानित

सिद्धार्थनगर नगरपालिकाले ८ जना पत्रकारलाई एकैसाथ नगद सहित पुरस्कृत गरेको छ । नगरपालिकाले सिद्धार्थ श्रमजीवी पत्रकारिता पुरस्कारबाट २ जना र लुम्बिनी प्रेस क्लब पुरस्कारबाट ६ जना विभिन्न सन्चार गृहमा काम गर्ने पत्रकारलाई एकै साथ एक विशेष समारोहकाबीच नगद सहित पुरस्कृत गरेको हो ।

सोमबार नगरका प्रमुख इस्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी र पुर्व नगरप्रमुख हरिप्रसाद अधिकारीले ती पत्रकारहरुलाई सम्मान गरेका हुन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा स्थापित सिद्धार्थ श्रमजीवी पत्रकारिता पुरस्कारबाट जनही २० हजार सहित पुरस्कृत हुने पत्रकारहरूमा पुनहरी बेलबासे र शशि पन्थी रहेका छन् । बेलबासे समता टेलिभिजनका उपसम्पादक हुन् । उनी विगत १३ बर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका छन् । पत्रकार बेल्बासेले गौतम बुद्ध सन्देश पत्रिका, अनलाइन न्युज नेपाल र आर्थिक बुलेटिनजस्ता सञ्चारमाध्यममा पनि काम गरेको अनुभव रहेको छ । यसैगरी सोहि पुरस्कारबाट पुरस्कृत हुनेमा रेडियो नेपालमा कार्यरत पत्रकार पन्थी रहेका छन् । उनी शालिन साप्ताहिकको सम्पादक समेत हुन् । उनी पनि करिब एक दशकदेखि पत्रकारितामा सक्रिय रहेका छन् । यसैगरी पत्रकार पन्थी विदेश भएकाले उनकी धर्मपत्नीलाई दिएको थियो । सिद्धार्थ श्रमजीवी पत्रकारिता पुरस्कार २०५४ सालदेखि निरन्तर बाडिदै आएको पत्रकारिता पुरस्कार हो ।

यसैगरी सोहि समारोहमा लुम्बिनी प्रेस क्लबको समन्वयमा स्थापित लुम्बिनी प्रेस पत्रकारिता पुरस्कारबाट विभिन्न ६ जना पत्रकारहरुलाई जनही २० हजारका दरले पुरस्कृत गरिएको छ । लुम्बिनी प्रेस क्लब पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने पत्रकारहरूमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीदेखि दिवंगत पत्रकार मनोरन्जन शर्मा सम्म रहेका छन् । विगत दुुई दशकदेखि पत्रकारितामा सक्रिय रायमाझी लुम्बिनीखबर पत्रिकाका सम्पादक समेत हुन । उनी राससमा समेत आबद्ध रहेका छन् । यसैगरी अग्रज पत्रकार शम्भु पन्त, मनोरन्जन शर्मा पनि सोहि पुरस्कारबाट पुरस्कृत भएका छन ।स्वर्गीय मनोरञ्जन शर्मालाई प्रदान गरिएको मरणोप्रान्त पुरस्कार उनको धर्मपत्नी सरिता सापकोटा लाई दिएको थियो । पन्त नेपाल टेलिभिजनका संस्थापक संवाददाता हुन् । उनी साढे ३ दशक देखि पत्रकारितामा सक्रिय रहेका छन । यसैगरी दिवंगत भइसकेका अग्रज पत्रकार मनोरन्जन शर्मालाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको छ । लुम्बिनी प्रेस क्लब पत्रकारिता पुरस्कारबाट एभिन्युजको पत्रकार शारदा मल्ल, भैरहवा टिभीको सम्पादक दिपेश पछाई र दैनिक लुम्बिनीका संवाददाता मोहमद हबिब पनि पुरस्कृत भएका छन् ।

सोहि समारोहमा भाषा साहित्य तर्फ विशेष योगदान दिएको भन्दै बरिष्ठ साहित्यकार प्राज्ञ बुँद राना र विजय सागरलाई पनि नगद सहित सम्मान गरिएको थियो । यसैगरी संस्कृति तर्फ विशेष योगदान दिएको भन्दै प्राडा. गितुु गिरीलाई र कला तर्फ बासुुकी राणालाई नगद सहित सम्मान गरिएको थियो । यसैतर्फ खेलकुद तर्फ पनि नगरका खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको थियो भने सेवा निवृत्त कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5