
भैरहवा । रुपन्देही जिल्लामा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार दधिराम न्यौपानेले निर्वाचन खर्चको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन्।
निर्वाचन आयोगको व्यवस्था अनुसार उनले प्रचारप्रसार तथा निर्वाचन गतिविधिमा भएको खर्चको विवरण पेश गरेका हुन्। प्रस्तुत विवरणअनुसार न्यौपानेले निर्वाचन अभियानका क्रममा विभिन्न शीर्षकमा गरी कुल ६ लाख रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

खर्च विवरणमा पम्प्लेट, ब्यानर तथा प्रचार सामग्री, प्रचार–प्रसारका सामग्री, खाना–खाजा, कार्यालय सञ्चालन, गतिविधि सञ्चालन तथा जनसम्पर्कलगायतका शीर्षक समावेश गरिएको छ।
निर्वाचन आचारसंहिता तथा कानुनी प्रावधानअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि आफ्नो सम्पूर्ण खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ। त्यसैअनुसार न्यौपानेले आफ्नो खर्च विवरण पेश गरेको जनाइएको छ।




