
स्याङ्जा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. धनञ्जय रेग्मी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनी भरतराज ढकाल (नेपाली कांग्रेस) लाई करिब १०,२१४ मत ले पछि पार्दै निर्वाचित भएका हुन्।
रेग्मीले कुल २९,०७१ मत पाएका छन् भने ढकालले १८,८५७ मत मात्र प्राप्त गरेका छन्। यससँगै यो क्षेत्र लामो समयदेखि कांग्रेस र एमालेको वर्चस्वमा रहँदै आएको थियो, तर यसपटक रास्वपाले पहिलो पटक जित हासिल गरेको छ।

धनञ्जय रेग्मी स्याङ्जा पुतलीबजारका निवासी हुन् र पूर्व नेपाल पर्यटन बोर्ड CEO रहिसकेका छन्। जापानको होक्काइदो विश्वविद्यालयबाट वातावरणीय विज्ञानमा PhD गरेका उनले सुशासन र पारदर्शिताको एजेन्डासहित राजनीतिमा प्रवेश गरेका हुन्।




