सर्लाही–४ मा गगन थापा पछि, रास्वपाका अमरेश सिंहको अग्रता

सर्लाही, २३ फागुन। सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पछि परेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले १६ हजार २२७ मत प्राप्त गर्दै अग्रता लिइरहँदा थापाले ६ हजार ५५३ मत प्राप्त गरेका छन्। यससँगै थापा सिंहभन्दा ६ हजार ५५३ मतले पछि परेका हुन्।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार अमनिशकुमार यादव ३ हजार २६२ मतसहित तेस्रो स्थानमा छन्। जनमत पार्टीका राकेशकुमार मिश्रले १ हजार २२ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन्।

मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5