
भैरहवा, २३ फागुन। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
अन्तिम मतपरिणाम अनुसार डा. थापाले ५८ हजार ८ सय १४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले ८ हजार ४ सय ३५ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा (एमाले) का उम्मेदवार बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गौरव बोहराले ७ हजार ७ सय ८९ मत, तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का फैज अहमद खाँले २ हजार ५ सय ९४ मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देहीका अनुसार क्षेत्र नम्बर ३ मा १ लाख ४० हजार ३५ मतदाता मध्ये ९३ हजार ५ सय ७६ मत खसेको थियो।




