भैरहवा आएर उर्जा मन्त्री दीपक खड्काले के भने यस्तो …….

पत्रकारद्वय भट्टराइ र गुप्ता , साहित्यकार निराकार सहित ६ जना सम्मानित
नेपाल वर्ड

रुपन्देही । उर्जा, जलस्रोत तथा सिचाईमन्त्री दिपक खड्काले कुलमान घिसिङले उद्योगिलाई अनावश्यक तनाब र दबाब दिएको आरोप लगाएका छन् ।

सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाको ६६ औ साधरणसभा तथा अधिवेसनको उद्घाटन गर्दै मन्त्री खड्काले कुलमानको नाम नलिकनै भने, ‘मलाई थाहाँ छ, मैले सम्हालेको मन्त्रालयमा डेडिकेटेड र ट्रङ्क लाईन विवाद निकालिएको छ । उद्योगी व्यवसायीलाई अत्याचार गर्नेलाई कारबाहि हुन्छ । ’

नेपाल विद्युत प्राधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रङक लाईनको बक्यौता रकम जसरी पनि उठाउने भन्दै उद्योगहरुको लाईन काट्ने , पत्राचार गर्ने गर्न थालेपछि सरकारले तत्काल त्यसो नगर्न निर्देशन दिएको थियो । तर उनले उपभोग गरेको विद्यूत्तको रकम नतिर्ने सर्वसाधरणको लाईन काटिन्छ भने उद्योगको पनि काट्नुपर्ने भन्दै अडान लिदै आएका छन् । पछिल्लो समय मन्त्री खड्का र कार्यकारी निर्देशक घिसिंगबिच सार्वजनिक रुपमै आरोप प्रत्यारोप नै चलेको छ ।

तर मन्त्री खड्काले भने सरकार अविभावक भएकोले कसैलाई पनि अन्याय अत्याचार गर्न हुन नदिने बताएका छन् । उनले कुलमानलाई उपभोग गरेको बिलको बारेमा छानबिन गरौ, प्रयोग गरेको हो भने तिराऔ होइन भने नतिराऔ भन्दा नमानेको आरोप समेत लगाए ।

मन्त्री खड्काले अहिले पनि नेपालमा हिउँदमा किन्ने र बर्षामा बेच्नेगरी विद्यूत्त लाईन व्यवस्थापन भईरहेको बताए ।
मन्त्री खड्काले उद्योग धन्धाको संरक्षण र प्रबद्र्धनमा सरकार लागि परेको बताउँदै दुई ठूला दल मिलेर स्थायित्व र समृद्धिकोलागि काम गर्न थालेको बताए । उनले भने, ‘भुकम्प र कोरानाले देशको अवस्था थलथल परेको बेला देशको अवस्था सुधार्न दुई पाटि एक भई अगाडी बढेका हुन् । तर अरु पाटिहरु अस्थिरता सृजन ागर्न खोजिरहेका छन् । ’
सो अवसरमा  प्रदेश सांसद सन्तोष कुमार पान्डेले उद्योगी व्यवसायीको पक्षमा सरकार खुलेर लाग्नुपर्ने बताए ।

संविधान सभा सदस्य ईस्तियाक अहमद खानले नेपालले बिजुली बेचेर समृद्ध हुने आधार भएको बताए ।
उक्त कार्यक्रममा उद्योग बाणिज्य संघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले ट्रङक लाईन र डेडिकेटेड लाईनको विवाद तत्काल टुङगाउन सरकारसँग माग गरे । उनले प्रश्न गर्दै भने, ‘करैकरमा दबाउने हो भने उद्योग व्यवसाय कसरी चल्छ ?’

उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले राज्यले उद्योगि ब्यवसायिको पक्षमा काम गर्नुपर्ने बताए । उनले बजार चलायमान गराउने हो भने रियल स्टेट उठाउन जरुरी रहेको बताए । उनले १ करोड सम्मको जग्गा कारोबारमा स्रोत खोज्न नहुने बताए ।
कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेस्ठले सरकारि नियुक्ति मा जाने कुलमानहरुले आफुलाई देवत्व घोषणा गर्दा उद्योगि ब्यवसायि मारमा परेको बताए । उनले संघको नेतृत्वमा रहदा धेरै महत्वपुर्ण काम गरिरहेको बताए ।

पत्रकारद्वय भट्टराइ र गुप्ता , साहित्यकार निराकार सहित ६ जना सम्मानित

सो अवसरमा विभिन्न विधा तर्फ नगद सहित विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । संघले हरेक बर्ष प्रदान गर्दै आएको रुद्र बिलास तुलाचन पत्रकारिता सम्मान यस बर्ष गौतमबुद्ध सन्देशका सहसम्पादक रबिन्द्र गुप्तालाई प्रदान गरेको  छ । उनलाई नगद सहित उक्त सम्मान प्रदान गरिएको थियो । युवा पत्रकार गुप्ता लुम्बिनी प्रेस क्लबका सहकोषाध्यक्ष र नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिती सदस्य समेत रहेका छन् ।

पत्रकार गुप्तासँगै बरिष्ठ पत्रकार दीलिप भट्टाराई सामाजिक योगदान तर्फ विशिष्ट योगदान गरेको भन्दै सम्मानित भएका छन् । बरिष्ठ पत्रकार भट्टाराई नेपालमा क्यान्सर रोग न्यूनिकरणकोलागि स्वयंसेवि रुपमा देशव्यापी अभियान चलाउदै आएका छन् ।


यसैगरी धर्मादेवि रामनारयण कसौधन अक्षयकोषबाट यस बर्ष बरिष्ठ साहित्यकार बनमालि निराकारलाई सम्मान गरिएको छ । आख्यानकार निराकारका साहित्यको विभिन्न विधामा दर्जनौ पुस्तकहरु प्रकाशित छन् ।

यसैगरी खेल विधामा राजेश सहानि,  दिर्घ सेवा पदकबाट कर्मचारि रमेश सारु सम्मानित भएका छन् । त्यसैगरी शिक्षा तर्फ लिलाराम माविका विद्यार्थि सन्देश बरई र स्मिताले पुरस्कृत भएको निवर्तमान अध्यक्ष भिस्म न्यौपाने सर्वज्ञले बताए । उक्त अवसरमा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उद्घाटन सत्र पश्चात बन्द सत्र शुरु भएको छ । यो समाचार तयार पार्दा सम्म बन्दसत्र चलिरहेको छ। संघको निर्वाचन भोलि अर्थात फागुन २४ गते हुने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5