
भैरहवा । सनातनि धर्म संस्कारका ज्ञाता एवं भारतको निरन्जन पीठाधिसका पिठाधिश्वर
नेपालको विभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्नेक्रममा यतिबेला भैरहवा आईपुगेका छन् । संघीय संसदका पुर्व सांसद प्रमोद कुमार यादवको पहलमा स्वामि कैलाशनन्दलाई भैरहवा निम्ताइएको हो । उनलाई भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नकोलागि पुर्व सांसद यादव सहित पुर्व गृहमन्त्री बालकृष्ण खाण, प्रतिनिधी सभा सदस्य मन्जु खाण, लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रि धनेन्द्र कार्कि, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिेर सहित विभिन्न पालिकाका प्रमुखहरु, उद्योग बाणिज्य महासंघका उद्योग समितीका सभापति राजेश अग्रवाल, उद्योगि चुन्न पौडेल लगायत ठूलो संख्यामा उद्योगि व्यवसायी र राजनैतिक दलका नेता कार्यकर्ताहरु समेत उपस्थित भएका थिए ।

भैरहवा विमानस्थलबाट विशेष प्रकारको रथमा रथारोहण गराई मायादेवि चौँकसम्म बाजागाजा सहित उनलाई भब्य स्वागत समेत गरिएको थियो । त्यसपछि उनी गाडी मार्फत होटल रेडसनमा पुगेका थिए ।


सनातनि धर्म संस्कारको प्रबद्र्धन गर्ने उद्धेश्यले नेपालका धार्मिक क्षेत्रको भ्रमण गरिरहेको स्वामि कैलाशानन्दले बताएका छन् । उनले भैरहवामा पत्रकारहरुसँग संक्षिप्त कुराकानि गर्दै भने, ‘ नेपालको विभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्नेक्रममा यतिबेला भैरहवा आईपुगेको छु । आईतबार बुद्धजन्मस्थल लुम्बिनी जाने कार्यक्रम छ । ’

स्वामि कैलाशानन्दले नेपालका धेरै धार्मिक स्थलहरु अत्यन्तै पवित्र भएकोले ती स्थलहरुको भ्रमण गर्न करोडौ भारतीयहरु पनि आउने विश्वास व्यक्त गरे ।

स्वामि कैलाशानन्दको नेपाल भ्रमणको संयोजन गरिरहेका पुवं सांसद समेत रहेका प्रमोद कुमार यादवले भने, ‘स्वामि कैलाशानन्दको दश दिने नेपाल भ्रमणले नेपालको धार्मिक पर्यटनमा विशेष टेवा पुग्नेछ । उहाँले चरण राखेका ठाउँहरु, उहाँले भ्रमण गरेका ठाउँहरु ह्ेर्न उहाँका करोडौ शिष्यहरु आउनेछन् । यसैले उहाँले जहाँ जहाँ भ्रमण गर्नुभएको छ ती ठाउँमा करोडौ भारतीय नागरिक र स्वामि जिका विदेशी शिष्यहरु प्नि आउनेछन् । जसले नेपालको धार्मिक पर्यटनमा विशेष टेवा दिनेछ । ’

स्वामि कैलाशानन्द बैशाख १५ गते दिल्लीबाट नेपाल एअरलायन्सको जहाज मार्फत काठमान्डौ आएका थिए । उनले सोहि दिन ललितपुरको गोदावरि रिर्सोटमा राजनैतिक दलका नेताहरु, उद्यमी, व्यवसायी र आफ्ना शिष्यहरुलाई भेटघाट गरेका थिए । १६ गते पशुपति नाथमा विशेष पुजापाठ गरेका थिए । सोहि दिन काठमान्डौबाट पोखरा पुगेका थिए । पोखरामा १७ गते कोटिहोमको उद्घाटन गरेका थिए । १८ गते पोखरा भ्रमण गरेका थिए । त्यसपछि १९ गते हेलिकप्टर मार्फत दामोदर कुन्ड पुगि पुजा गरेका थिए ।

त्यसपछि २० गते आज उनि पोखराबाट भैरहवा आईपुगेका छन् । आज उनले भैरहवामा भेटघाट गर्ने कार्यक्रम रहेको छ भने भोलि २१ गते आईतबार बुद्धजन्मस्थल लुम्बिनी जाने कार्यक्रम तय भएको छ । २२ गते भैरहवाबाट काठमान्डौ फर्किने र सोहि दिन गोसाईकुन्ड जाने कार्यक्रम तय भएको छ । त्यसपछि उनी सोहि दिन चन्द्रागिरी रिर्सोटमा बस्ने र भेटघाट गर्ने त्यसपछि २३ गते दक्षिणकालि मन्दिरमा पुजा पाठ गर्ने कार्यक्रम तय भएको छ । २३ गतेदेखि २६ गते सम्म काठमान्डौमा बस्ने स्वामि कैलाशानन्द २६ गते दिल्ली प्रस्थान गर्ने कार्यक्रम तालिका रहेको छ ।
भारतको निरन्जना अखडाका प्रमुख समेत रहको स्वामि कैलाशानन्द भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिका समेत सल्लाहकारको रुपमा मानिन्छन् । धार्मिक विषयमा र सनातनि धर्म सस्कारको विषयमा खास निर्णय लिनुपर्दा भारतीय प्रधानमन्त्री मोदि र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगिले स्वामि कैलाशानन्दको सल्लाह लिने गरेको भारतीय मिडियाहरुले समेत लेख्दै आएका छन् ।
भारतमा गत माघ महिनामा प्रायागराजमा सम्पन्न महाकुम्भ मेला प्रमुख केन्द्रविन्दू समेत रहेका कैलाशानन्द स्वामि विश्व जगतमा हिन्दू सनातनि धर्म संस्कारका विख्यात ज्ञाता समेत मानिदै आएका छन् । उनी योग, धर्म, दर्शनका विद्वान समेत मानिन्छन् । स्वामि कैलाशानन्दको भ्रमणले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रशारमा समेत थप टेवा दिने प्रचार संयोजन गरिरहेका लुम्बिनी प्रेस क्लबका पुर्व अध्यक्ष नरेश के.सी.ले बताए ।
तस्वीरहरुः विजय यादव




