‘म खुल्ला किताब हुँ, जे बोल्छु त्यहि गर्छु ’

सिद्धार्थ उद्योग बाणिज्य संघको नवनिर्वाचित अध्यक्ष नेत्र प्रसाद आचर्यले आफु खुल्ला किताब भएको बताएका छन् । संघको अध्यक्षमा निर्विरोध रुपमा निर्वाचित भएका आचर्यले बुधबार संघका पुर्व अध्यक्ष तथा सदस्यहरुले भरिभराउ हलमा भने , ‘ म खुल्ला किताब हुँ, जे बोल्छु त्यहि गर्छु । ’


उद्योगी व्यपारीहरुको साझा संस्था सिद्धार्थ उद्योग बाणिज्य संघलाई ठूला साना सबै उद्योगि व्यापारीको अविभावक संस्थाको रुपमा स्थापीत गर्न आफु लागिपर्ने उनले बताए । अध्यक्ष आचर्यले सिद्धार्थ उद्योग बाणिज्य संघमा कुनै पनि समूह, गुट तथा विवाद पनि नभएको दाबी गर्दै भने, ‘यतिबेला सबै पुर्व अध्यक्ष एकै ठाउँमा हुनुहुन्छ । ’

उनले आफ्नो जिवन संघर्षमय रहेको बताउँदै २०६४ सालदेखि संघको कार्य समितीमा रहेर काम गर्दै आएको पनि बताए । उनले भने, ‘विदेशमा भौतारिएर आएको म गल्लामन्डि आएर केही ब्यपार गर्न थालेको थिए । मलाई कृष्ण प्रसाद शर्माले संघमा जोड्नुभयो । त्यतिबेला २०६४ सालमा संघमा चुनाब भयो । त्यतिबेला महेन्द्र कुमार श्रेष्ठ र विष्णु प्रसाद शर्मा अध्यक्ष पदमा प्यानल बनाई चुनाबी प्रतिसर्धामा हुनुहुन्थयो । म चुनाबि प्रतिसपर्धा गर्दा त्यतिबेला बिस्नु प्रसाद शर्माको प्यानलबाट सदस्य भए । त्यसयता संघमा निरन्तर सक्रिय छु । ’

उनले आफ्नो कार्यकालमा निजि क्षेत्रको हितकोलागि संस्थाको विधान अनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । आचर्यले आर्थिक क्षेत्र चलायमान गराउन लागिरहने पनि बताए । संघमा आचर्य सहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले सपथ ग्रहण गराएका थिए ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5