आइजिपि सहित उच्च अधिकृतको विदाई (फोटोफिचर)

सेवा निवृत्त भएर विदाई हुदै गरेका नेपाल प्रहरीका आईजिपी बसन्त बहादुर कुवर र अन्य बरिष्ठ अधिकृतहरुको विदाई भएको छ । लामो समय प्रहरी सेवामा रहेका प्रहरी संगठनका प्रमुख र उच्च अधिकृतहरुको विदाईलाई आम सर्वसाधरणले समेत चासो पुर्वक हेरेका छन् । यसैले यतिबेला सामाजिक सन्जालका भित्ता मात्रै होइन आम सन्चार माध्ययमको समाचारमा पनि प्रहरी महानिरीक्षक र उच्च अधिकृतहरुको विभिन्न एंगलका समाचारले प्राथमिकता पाईरहेका छन् ।

राति १० बज्नै लाग्दा प्रहरी प्रधान कार्यलयमा भईरहेको अन्तिम फोटो सेसनलाई पनि धेरैले चासो पुर्वक नियाली रहेका छन् ।

प्रहरी प्रधान कार्यलयमा आइजिपी कुवर सहित प्रहरी अतिरिक्त महानिरीक्षकहरू टेक प्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई तथा प्रहरी नायव महानिरीक्षकहरू ध्रुवराज राउत, भोला बहादुर रावल र गणेश चन्दको यो अन्तिम औपचारिक कार्यक्रम पनि हो । विदाईसँगै उनीहरु अब पुर्व प्रहरी अधिकृतको रुपमा रहनेछन् । उनीहरुलाई नवनियुक्त आइजिपी दीपक थापाले विदाई गरेका थिए ।

तस्वीरहरु सौजन्यः नेपाल प्रहरी प्रधान कार्यलय

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5