
सधै अरुको समाचार लेख्न व्यस्त हुने रुपन्देहीका पत्रकारहरु बिहीबार र शुक्रबार भने आफै होलि पर्व मनाउन व्यस्त भएका छन् । सप्तरंगी रङग एक अर्कामा लगाएर होलि मनाएका पत्रकारहरुले भैरहवामा पहाडी होलिका दिन र बुटवलमा तराईको होलिका दिन मनाएर फरक सन्देश दिएका छन् ।


पहाडमा मनाईने होलिको दिन बिहिबार भैरहवामा प्रतिनिधी सभा सदस्य तथा पुर्व मन्त्रि सवेन्द्रनाथ शुक्लाको प्रमुख आतिथ्यता र प्रदेश सांसद तथा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीको उपस्थितीमा लुम्बिनी प्रेस क्लबको संयोजनमा होलि पर्व मनाइएको छ ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीको अध्यक्षता तथा शशि पन्थिको संयोजनमा भएको कार्यक्रममा होलि पर्वको महत्व विषयमा चर्चा भएको थियो ।

यसैगरी तराईमा मनाईने होलिको दिन शुक्रबार बुटवलमा पत्रकार महासंघको परिसरमा होलि पर्व मनाइएको छ । लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्थानिय सरकारका प्रमुखहरु तथा विभिन्न राजनैतिक दलका प्रमुख , संघसंस्थाका प्रमुखहरुले बोल्दै होलि पर्र्वको सास्कृतिक महत्व र ऐतिहासीकताको बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

पहाडमा मनाईने होलिका दिन मधेश क्षेत्र भैरहवा र तराईमा मनाईने होलिको दिन पहाडीया बाहुल्य क्षेत्र बुटवलमा पत्रकारहरुको संस्थाले आयोजना गरेका अलग अलग कार्यक्रमले मधेश पहाडको भाईचारा र सास्कृतिक प्रसारलाई समेत बढवा दिइएको देखिएको छ । रुपन्देहीमा हरेक बर्ष पत्रकारहरुले होलि पर्व विशेष रुपमा मनाउने परम्परा दशकौदेखि चल्दै आएको छ ।








तस्वीरहरुः मनोज क्षेत्री, प्रतिक पौडेल, हरि बस्याल




