
भैरहवा । लुम्बिनी प्रदेशको सबैभन्दा जेठो उद्योग बाणिज्य संघको रुपमा रहेको सिद्धार्थ उद्योग वाणिज्य संघमा यतिबेला चुनावी माहोल तातेको छ। विक्रम सम्बत २०११ सालमा स्थापना भएको संघको ६६ औ साधरणसभा तथा अधिवेसन आज फागुन २३ गते उद्घाटन भएको छ ।
आज उद्घाटन सत्रपश्चात राति साढे बजे सम्म बन्दसत्र सम्पन्न भएको छ भने भोलि फागुन २४ गते बिहान देखि मतदान हुने भएकोछ । अध्यक्ष सहित अधिकांश पदाधिकारी निर्विरोध चयन भईरहदा वाणिज्य उपाध्यक्ष पदमा भने तीनजना प्रतिस्पर्धामा रहेका छन् ।

बाणिज्य उपाध्यक्ष पदमा एकजना लामो समय संघमै लिगेसी भएकी महिला उम्मेदवार रहेकी छन् । अर्को उद्योग बाणिज्य महासंघ प्रदेशको उपाध्यक्ष भईसकेका व्यक्ति रहेका छन् भने अर्का प्रत्यासी विभिन्न संघसंस्थाको सफल नेतृत्व गरिसकेका व्यक्ति रहेका छन् ।
कुनैबेला संघमा स्वर्गिय शान्ता जिसीसँगै समावेशिताको सबालमा खरो उत्रिने यमकला न्यौपाने यतिबेला बाणिज्य उपाध्यक्षमा उम्मेदवार दिएकी छन् । उनले आफू विगतमा लामो समयदेखि सिद्धार्थ उद्योग वाणिज्य संघमा सदस्यको रुपमा कार्यरत रहिरहेको बताउँदै महिला नेतृत्वको अभाव भएको हुनाले महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने भावनाका साथ आफूले उम्मेदवारी दिएको र जित्ने निश्चित रहेको बताइन् । न्यौपाने लामोसमय देखि सिद्धार्थ उद्योग वाणिज्य संघमा अवद्ध छिन् । महिलाले नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण दिनको लागि उनको उम्मेदवारी रहेको दावी छ । सधैभरी पुरुषले मात्रै संघको पदाधिकारीमा नेतृत्व गर्दा महिलाहरु अपमानित भएको उनको बुुझाइ छ । लामो समयदेखिको सिन्डीकेट तोड्नुु पर्ने बेला आएको उनले बताइन् ।
त्यस्तै उपाध्यक्ष पदका अर्का उम्मेदवार दिपक पौडेलले पनि आफू सिद्धार्थ उद्योग वाणिज्य संघमा निरन्तर लागिरहेको बताउँदै आफ्नो जित पनि सुनिश्चित रहेको दाबी गर्छन् । आफ्नो अनुुभव र अग्रहरुको हौसलाले आफ्नो जित सौहार्दपूर्ण रहने पौडेलले बताएका छन् । उद्योग सञ्चालन गर्दा व्यवसायीमा आउने समस्या बुझेको हुनाले व्यवसायिक समस्या समाधान गर्न उपाध्यक्षको उम्मेदवार बनेको पौडेलले बताए । उद्योग बाणिज्य महासंघको लुम्बिनी प्रदेशको उपाध्यक्ष भईसकेका हुन् ।
उपाध्यक्षको अर्का उम्मेदवार हरिबहादुर थापाले आफू खेलकुद क्षेत्रदेखि लिएर विभिन्न व्यवसायीहरूमा सफल भएको बताउँदै उद्योग वाणिज्य संघमा आएर आफ्ना अनुभवहरूलाई सेयर गर्दै उद्योगी व्यवसायीको हितमा काम गर्ने अठोट रहेकोले मतदाताहरुले अत्यधिक मत दिइ गराउने विश्वास व्यक्त गरे । व्यसाय गर्दा आउने चुनौति र साधान कसरी गर्न सकिन्छ भन्ने कुरा राम्रो सँग बुझेको हुनाले यस क्षेत्रमा व्यवसायीलाई पर्ने समस्या हल गर्न आफूले निर्वाचन जित्नु पर्ने थापाले बताए । स्वदेशदेखि विदेश सम्म पुगेर व्यवसायीको पिडा बुुझेकाले अब सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्व गर्ने चाहना भएको उनले बताए ।
सह कोषाध्यक्ष एक पदका लागि संजय कुमार बेरिवाल र पल्लवी न्यौपाने बिच प्रतिस्पर्दा छ । वाणिज्य तर्फको महिला सदस्य एक पदका लागि सुनयना केसी गिरी र मीना पन्थी बिच प्रतिस्पर्दा रहेको छ । उद्योग तर्फको ५ जना सदस्यको लागि ९ जनको उम्मेदवारी परेको छ । कमल ज्ञवाली, अभिनव थापा, कृतेश कुमार श्रेष्ठ, तेजेन्द्र यादव, दिपेन्द्र पौडेल, सिर्जना कार्की जोशी, ओम जैसी, रचना क्षेत्री र विजय अधिकारीको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै वाणिज्य तर्फको १० सदस्यको लागि १९ जनाको उम्मेदवारी परेको छ । जसमा पुजा आचार्य, यज्नयप्रसाद बेल्बासे, सन्दिप कुमार अग्रहरी, विशाल जैसवाल, अभिनवमयुर कसौधन, रमेश घिमिरे, धर्मराज आचार्य, प्रमोद रिजाल, अर्जुन कार्की, रमेश कान्दु, कृष्णप्रसाद अधिकारी, सुरेन्द्र यादव, विरेन्द्र ज्ञवाली, चन्द्रकान्त भट्टराई, जवाहिर अग्रहरी, हरिष सेठिया, धर्मविर शर्मा, गंगासागर अग्रहरी र प्रकाश रेग्मीको मनोनयन दर्ता भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघमा २ हजार १ सय १२ जना सदस्य छन् ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घको निर्वाचन फागुन २४ गते शनिबार बिहानदेखि सुरु हुने प्रमुख निर्वाचन आयुक्त बरिष्ठ अधिवक्ता शिवप्रसाद पौडेलले जानकारी दिएका छन् ।




