
भैरहवा । विक्रम सम्वत् २०११ सालमा स्थापना भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा यतिबेला चुनावी माहौल तातेको छ । अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव, वाणिज्य उपाध्यक्ष, कोषाध्यक्ष समेत बहुसङ्ख्यक पद निर्विरोध चयन भएता पनि उद्योग र वाणिज्य सदस्य पदमा प्रतिस्पर्धा हुने भएको छ ।
सङ्घको अधिवेशनका एक कार्यक्रमका बिच आज शुक्रबार उद्घाटन हुदैछ । सङ्घमा वाणिज्य र उद्योग दुबै तर्फ सदस्य पदमा मात्रै कडा प्रतिस्पर्धा हुने भएको छ । उद्योग सदस्य ५ पदकाे लागि ९ जना उम्मेद्वार प्रतिस्पर्धामा उत्रिएका छन् । यसैगरी वाणिज्य सदस्य १० पदकाे लागि १९ जना उम्मेद्वार प्रतिस्पर्धामा उत्रँदै छन् । विगतका अधिवेशनमा भन्दा सङ्घको यसपटकको अधिवेशनमा दृश्य फरक देखिएको छ ।

अहिले कार्यसमिति सदस्य पदको प्रतिस्पर्धामा धेरै युवाहरूको आकर्षण बढेको देखिन्छ । उद्योग र वाणिज्य पदमा ६० प्रतिशत भन्दा बढि उम्मेद्वार युवा रहेका छन् ।
सङ्घको सदस्य पदको लागी सबैभन्दा कम उमेरका युवा अभिनव थापा चुनावी मैदानमा उत्रिएका छन् । थापा २५ वर्षका भएका छन् । थापा भन्छन् आफ्नो परिवार व्यवसायिक पृष्ठभूमि भएको हुनाले मैले यस क्षेत्रमा भएका समस्या र चुनौतीहरू बुझेको छु त्यसैले म उद्योगी व्यवसायीहरूको संस्थामा गएर केही गर्नुपर्छ भनेर चुनावी मैदानमा होमिएका हु । थापाले भने “ मलाई यो संस्थामा धेरै परिवर्तन गर्न मन छ जस्तै युवाको एउटा ऊर्जा पनि जोड्न मन छ, मेरो एउटा दृष्टिकोणहरू, नयाँ प्रविधिहरू आर्टिफिसिएल इन्टिलिजेन्स लगायत प्रविधिको प्रयोग गरेर सबैभन्दा पुरानो मध्य एक सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा कार्यान्वयन गरेर परिवर्तन ल्याउन मन छ” ।
यस्तै अर्का युवा उम्मेद्वार विजय अधिकारी भन्छन् सङ्घमा २५-३० वर्ष देखि योगदान दिएका अग्रजहरू र नयाँ आएका युवाहरू बिचको सुर मिल्यो भने केही नयाँपन दिन सक्ने देखिन्छ । अधिकारीले भने, “हामी अहिले प्रविधिमा अपडेट भएका छौँ अग्रजहरू सँग परम्परागत शैली र संस्कृति छ त्यो दुइटा कुरालाई जोड्न सकिन्छ कि भन्ने हो हामीलाई आशा लाएको” अधिकारी दाेस्राे कार्यकालका लागि चुनाबि दौडमा छन् ।
सङ्घको चुनावी मैदानमा उत्रिएका अर्का युवा अभिनव मयुर कसौधन भन्छन् सबैभन्दा पुरानो संस्था भएको हुनाले यसप्रति युवाहरूको आकर्षण बढेको हो । कसौधनले भने, “ अहिलेको समयमा युवाहरू विदेश तिर गइरहेका छन् देशको आर्थिक स्थिती पनि त्यति राम्रो छैन तर यहाँ रहेका केही युवाहरू देशभित्र केही गर्नुपर्छ भनेर लागिपरिरहेका छन् मलाई लाग्छ ६०-७० प्रतिशत युवाहरूको उम्मेद्वारी आएको छ” ।
त्यस्तै अर्का युवा उम्मेद्वार प्रमोद रिजाल भन्छन् आफ्नो उद्देश्य सकेसम्म युवाहरूलाई मनाएर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने वातावरण बनाउने पक्षमा छु । रिजालले भने, “ मैले आफ्नो साथीहरुलाई पनि मनाउने प्रयास गर्छु हामी यही केही गरुम न सायद यो आर्थिकमन्दी सधै रहदैन पहिला पनि आर्थिकमन्दी आएको हो” । रिजालले थपे, “युवाहरु पलायन हुदा हाम्रै मनोवल खस्किएको छ मेरो साथिहरुको समुहनै छैन मलाई आजसम्म यहाँ युवाहरुले पुर्याएको हो तर भोट हाल्ने युवाहरुनै पलायन हुदाखेरी मेरो मनोवल खसकिएको छ तर म यो मनोवललाई नयाँ नेतृत्वमा जादा खेरी मैले केहीगर्नुपर्छ युवाहरूलाई मनाएर आफ्नै देशमा केही गरौं भन्ने वातावरण बनाउने प्रयासमा छु” ।
अर्का युवा उम्मेद्वार कृतेश कुमार श्रेष्ठ भन्छन् दुइ तिन हुदै चार कार्यकाल सम्मपनि एउटै ब्यक्ती अगाडी जानुपर्ने अवस्थालाई टोड्न युवाहरू नेतृत्वमा आउन खोजेको बताए । श्रेष्ठले भने, “ हामी आउछौं एक दुइ कार्यकाल हामी भन्छौं हामीले भन्नुपर्ने ठाउँमा हामीले मनमा केही कुरा खेलाएर बस्दैनौं ,राजनिती गर्दैनौं जे सत्य हो बजार बाट लिएको घटनाहरु त्यसैलाई हामी उल्था गर्न यहाँ आउन खोजेको हो”।
यस्तै अर्का युवा उम्मेद्वार दिपेन्द्र पौडेल भन्छन् गएको महिना मात्रै ८५ हजार युवाहरू विदेश पलाएन भएको तथ्याङ छ यो गम्भिर बिषय हो त्यसैले युवाहरूलाई उद्दमशिलता सँग जोड्न सकिन्छ कि भनेर सङ्घको नेतृत्वमा आउन खोजेको हो ।
तेजेन्द्र यादब पनि चुनाबि दौडमा छन् । उनी पनि सङ्घमा निर्वाचित भएर नया पुस्ताकाेलागि सृजनशिल कार्य गर्ने सनेचमा छन । उनी नया र पुराना , ठुला, साना र मध्ययम सबै खाले ब्यवसायलाई संरक्षण र प्रबर्द्धन गर्न पनि सदस्यकाे हिसाबले सङ्घमा निर्वाचित सदस्यकाे रुपमा ईन्ट्रि गर्न चाहेका छन् ।
लुम्बिनी निर्माण ब्यवसायिकाे काेषाध्यक्ष रहेका यनजन्य प्रसाद बेलबासे पनि सङ्घको सदस्यमा उम्मेदवारि दिएका छन् । उनले पनि सङ्घमा निर्वाचित भएर उद्योगि ब्यवासयिकाे हितकाेलागि ईट्टा थप्न चाहेकाे बताउछन ।
अधिकाशं युवाहरू माेजमस्ति र रमाईलाेमा समय ब्यतित गरिरहेकाेबेला भैरहवाका युवाहरू भने निर्वाचित भएर स्वयंसेवि रुपमा उद्योग व्यवसाय क्षेत्रमा केही गर्न पर्छ भनेर उम्म्दवारि दिनु सकारात्मक विषय हाे ।
सङ्घको फागुन २४ गते हुने निर्वाचनमा वाणिज्य उपाध्यक्ष पदको लागी हरि बहादुर थापा, यमकला न्यौपाने र दीपक कुमार पौडेल प्रतिस्पर्धामा उत्रँदै छन् भने सह कोषाध्यक्ष पदको लागी पल्लवी न्यौपाने र सञ्जय कुमार वेरीवाल प्रतिस्पर्धामा उत्रँदै छन् । यस्तै ५ वटा उद्योग सदस्यको लागी तेजेन्द्र यादव, विजय अधिकारी, दीपेन्द्र पौडेल, कमल ज्ञवाली, ओम जैसी, सृजना कार्की जोशी, अभिनव थापा, कृतेश कुमार श्रेष्ठ र रचना क्षेत्री प्रतिस्पर्धामा उत्रँदै छन् । १० वटा वाणिज्य सदस्य पदको लागी धर्मवीर शर्मा, सुरेन्द्र यादव, प्रकाश रेग्मी, अभिनव मयुर कसौधन, विशाल जैसवाल, चन्द्रकान्त भट्टराई, पूजा आचार्य, हरिश सेठीया, यज्नय प्रसाद वेल्वासे, अर्जुन कार्की, गङ्गा सागर अग्रहरी, धर्मराज आचार्य, जवाहीर अग्रहरी, रमेश घिमिरे, सन्दीप कुमार अग्रहरी, रमेश कानु, कृष्ण प्रसाद अधिकारी, वीरेन्द्र ज्ञवाली र प्रमोद रिजाल भिड्दै छन् । र एउटा महिला वाणिज्य सदस्य पदको लागी मिना पन्थी र सुनयना केसी गिरी मैदानमा उत्रँदै छन् ।




