
नेपालमै उत्पादन हुँदै आएको पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लामिनार’ले भैरहवामा आफ्नो नयाँ ‘एम्पोरियो डिलर शोरुम’ सञ्चालनमा ल्याएको छ। सिद्धार्थनगरमा जे जे स्टोनेक्स प्रा.लि.सँगको सहकार्यमा शुक्रबार शोरुम उद्घाटन गरिएको हो।
हालसम्म गुणस्तरीय तथा प्रिमियम टायलका लागि काठमाडौं वा अन्य ठूला शहरमा निर्भर हुनुपर्ने अवस्था रहेकामा लामिनारले अब स्थानीय ग्राहकलाई आधुनिक डिजाइन र अन्तर्राष्ट्रिय स्तरका टायल सहज रूपमा उपलब्ध गराउने जनाएको छ।

बर्दियास्थित उद्योगमा उत्पादन हुने लामिनार टायल नेपाल मानक (एनएस ६१७ पूर्ण भिट्रिफाईड टायल) अन्तर्गत पर्ने कम्पनीले जनाएको छ। कम पानी सोस्ने क्षमता, मजबुत बनावट तथा दीर्घकालीन टिकाउपनका कारण यी टायल घर, होटल, कार्यालय तथा व्यावसायिक संरचनामा उपयुक्त मानिन्छन्।
लामिनारले फुलबडी (सेन्टो), एन्टिब्याक्टेरियल सतह र हाई–ग्लस फिनिससहितका टायल उत्पादन गर्दै आएको छ। भैरहवास्थित नयाँ शोरुममा ५०० भन्दा बढी डिजाइनका टायल प्रदर्शनमा राखिएको कम्पनीले जनाएको छ।
शोरुम उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले युवा व्यवसायीहरूको पहलमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको टायल उत्पादन हुनु सकारात्मक उपलब्धि भएको बताए। उनले स्वदेशी उत्पादन र उद्यमशीलताले देशलाई आत्मनिर्भर बनाउने उल्लेख गर्दै सरकारबाट आवश्यक सहकार्य र समन्वय रहने प्रतिबद्धता व्यक्त गरे।
जे जे स्टोनेक्स प्रा.लि.का निर्देशक देवकुमार अग्रवालले अहिले ग्राहकहरू डिजाइनसँगै गुणस्तर, टिकाउपन र सफाइ गर्न सहज हुने पक्षलाई प्राथमिकता दिन थालेको बताए। उनले शोरुममा ग्राहकलाई आवश्यकताअनुसार उपयुक्त टायल छनोटबारे विस्तृत परामर्श समेत दिइने जानकारी दिए।
त्यस्तै, लुम्बिनी सेरामिक्स लिमिटेड ‘लामिनार टायल्स’का निर्देशक अभिनव चुरीवालले कम्पनीले विगत डेढ वर्षदेखि नेपालमै पूर्ण भिट्रिफाईड टायल उत्पादन गर्दै आएको र छोटो समयमै विश्वासिलो ब्राण्डका रूपमा स्थापित हुन सफल भएको बताए।
कम्पनीले देशभर ‘एम्पोरियो शोरुम’ सञ्जाल विस्तार गर्दै टायल खरिद प्रक्रियालाई थप व्यवस्थित, सहज र प्रयोगमुखी बनाउने लक्ष्य लिएको जनाएको छ। लामिनारले आगामी दिनमा देशभर १६० भन्दा बढी शोरुम विस्तार गर्ने योजना समेत सार्वजनिक गरेको छ।

















