शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै सञ्चालनमा आएन

गत शनिबार साँझदेखि अवरुद्ध रहेको बिपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। रोशी खोलामा आएको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध बनेको हो।

१२ गते शनिबार आएको बाढीले क्षति पुर्‍याएका डाइभर्सनमध्ये अधिकांश स्थानमा आइतबारसम्म मर्मत कार्य सम्पन्न भएको थियो। तर १३ गते आइतबार साँझ पुनः परेको वर्षा र आएको पानीले चिउरीबास, नार्के र चार सय बेँसीलगायतका स्थानमा बनेका डाइभर्सन फेरि बगाएको छ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी खोलाले बगाएका १३ स्थानमध्ये ८ स्थानमा डाइभर्सन निर्माण गरिएको भए पनि आइतबार साँझको पानीले पुनः क्षति पुर्‍याएको हो। उहाँका अनुसार सोमबार बिहानदेखि पुनः डाइभर्सन निर्माणको काम सुरु गरिएको छ।

शनिबारको बाढीले चौकीडाँडा, घुमाउने, चार सय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, बुलढुंगा, माम्ती तथा सिन्धुलीतर्फ आँपघारी र नेपालथोकका डाइभर्सन बगाएको थियो।

प्रहरीका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले मौसममा सुधार आएलगत्तै क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5