लियो क्लब अफ सिद्धार्थनगर युथको अध्यक्षमा अभिषेक ठाकुर चयन

लियो क्लब अफ सिद्धार्थनगर युथको नवौं वार्षिक साधारण सभा तथा निर्वाचन सम्पन्न भएको छ। आइतबार भैरहवामा आयोजित साधारण सभाले अभिषेक ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

यसअघि क्लबमा प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका ठाकुरले अब अध्यक्षको जिम्मेवारी सम्हाल्दै सामाजिक सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले लियो क्लबको मूल मर्मअनुसार युवाहरूलाई सामाजिक कार्यमा सक्रिय बनाउँदै विभिन्न जनहितका कार्यक्रम अगाडि बढाइने बताए।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा तामेश्वर मल्लाह, द्वितीय उपाध्यक्षमा अभिनाश मल्लिक, तृतीय उपाध्यक्षमा अमन शाह, सचिवमा विमल खनाल तथा कोषाध्यक्षमा रंजित राई सर्वसम्मत चयन भएकाे निर्वाचन अधिकृत तथा क्लबका निवर्तमान अध्यक्ष सौरभ लाभले जानकारी दिए ।

कार्यक्रममा क्लबका सदस्य, पूर्वअध्यक्ष, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सामाजिक सेवामा अझ सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5