श्री लक्ष्मीनारायण मन्दिरमा आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न

सिद्धार्थनगर–८, हरिकृतन चोकस्थित श्री लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति को आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अाइतबार आयोजित उक्त कार्यक्रम धार्मिक, सामाजिक तथा सांस्कृतिक उत्साहका साथ सम्पन्न भएको हो।

प्रमुख अतिथि हरि प्रसाद आचार्यले मन्दिरलाई हुँदै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने बताउँदै मन्दिर व्यवस्थापन समितिले सकारात्मक र प्रभावकारी काम गरेको उल्लेख गरे। उनले मन्दिरलाई केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई सामाजिक एकता र सामुदायिक सद्भावको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा मन्तव्य राख्दै संस्थापक अध्यक्ष हरि प्रसाद नेपाल, सल्लाहकार राममणी भुर्तेल तथा समाजसेवी भरत पोख्रेल ले मन्दिरको संरक्षण, विकास तथा विस्तारका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।

कार्यक्रमको सञ्चालन मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष राजेश राज जोशी ले गरेका थिए । सभामा उपस्थित भक्तजन तथा सरोकारवालाहरूले मन्दिर निर्माण तथा स्तरोन्नतिका लागि आ–आफ्नो प्रतिबद्धता जनाउँदै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सो अवसरमा मन्दिर निर्माणका लागि दुई लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग समेत संकलन भएको जानकारी दिइएको छ। स्थानीयवासीहरूको सक्रिय सहभागिताले मन्दिरप्रति रहेको आस्था र अपनत्व झल्किएको सहभागीहरूले बताएका छन्।

उक्त अधिवेशनबाट नयाँ मन्दिर व्यवस्थापन समिति समेत गठन गरिएको छ। पुरानै समितिलाई निरन्तरता दिँदै दिनानाथ बस्यालकै अध्यक्षतामा नयाँ समिति सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएको हो। नवगठित समितिले मन्दिर निर्माण, भौतिक पूर्वाधार विकास, व्यवस्थापन सुदृढीकरण तथा धार्मिक कार्यक्रमहरूको विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमले स्थानीय समुदायमा धार्मिक जागरण, सामाजिक एकता र सहकार्यको भावना अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्। मन्दिरलाई आगामी दिनमा अझ व्यवस्थित, आकर्षक र धार्मिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य समितिले लिएको छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ बस्याल को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5