नैतिकताको आधारमा गृहमन्त्री सुदन गुरुङको राजीनामा

गृहमन्त्री सुदन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्।

राजीनामा घोषणामा गुरुङले आफू २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको उल्लेख गरेका छन्। पछिल्ला दिनहरूमा आफ्ना लगानीसँग सम्बन्धित विषयमा उठेका जनचासो, प्रश्न र टिप्पणीलाई गम्भीर रूपमा लिएको उनले बताएका छन्।

उनले पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास रहेको उल्लेख गर्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा आफूले जिम्मेवारीबोधका साथ निर्णय लिएको बताएका छन्। साथै, हाल देखिएको युवा पुस्ताको आवाजले पनि सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने सन्देश दिएको उनले उल्लेख गरेका छन्।

गुरुङले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै स्वार्थ बाझिने अवस्था ९अयलाष्अित या ष्लतभचभकत० नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्।

उनले अब सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा अगाडि बढ्न सबैलाई अपिल गरेका छन्। साथै, परिवर्तन चाहनेहरूले नैतिक साहस र त्याग देखाउनुपर्ने पनि उनको भनाइ छ।

गुरुङको राजीनामापछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् भने अब उनको विषयमा हुने छानबिन र आगामी राजनीतिक अवस्था कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5