पाल्पामा नेपाल नेत्र ज्योति संघ अन्तर्गत आँखा सेवाको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न

नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर तथा श्री रण अम्बिका शाह आँखा अस्पताल सम्बद्ध अस्पताल र जिल्ला आँखा उपचार केन्द्रहरूको अर्धवार्षिक समीक्षा गोष्ठी पाल्पा मा सम्पन्न भएको छ।

गोष्ठीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका आँखा अस्पताल तथा उपचार केन्द्रहरूले आ–आफ्नो कार्य प्रगति प्रस्तुत गरेका थिए। कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो छ महिनामा सम्पन्न भएका सेवा, उपचार, शल्यक्रिया, आँखा परीक्षण तथा समुदायस्तरमा सञ्चालन गरिएका कार्यक्रमहरूको समग्र समीक्षा गरिएको सुचना अधिकारी प्रतिक पाण्डेले जानकारी दिए ।

प्रस्तुत विवरणअनुसार कतिपय क्षेत्रमा लक्ष्यअनुसार प्रगति हासिल भएको देखिए पनि केही कार्यक्रमहरू अपेक्षाअनुसार अगाडि बढ्न नसकेको निष्कर्ष निकालिएको थियो। ती कार्यहरूलाई समयमै सम्पन्न गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन र कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना तयार पारिएको छ।

गोष्ठीमा सहभागीहरूले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म गुणस्तरीय आँखा सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। साथै, आँखा रोग सम्बन्धी जनचेतना अभिवृद्धि, समयमै परीक्षण तथा उपचारको पहुँच विस्तार गर्न अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।

कार्यक्रममा अस्पताल प्रमुख, चिकित्सक, प्राविधिक तथा सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो। उनीहरूले सेवा प्रवाहमा देखिएका चुनौती, स्रोत अभाव, जनशक्ति व्यवस्थापन र प्रविधिको उपयोगबारे पनि आ–आफ्ना अनुभव साझा गरेका थिए।

आयोजकका अनुसार यस्ता समीक्षा गोष्ठीहरूले सेवा गुणस्तर सुधार गर्न, कार्यसम्पादनलाई परिणाममुखी बनाउन तथा भावी योजना निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

उक्त अर्धवार्षिक समीक्षा गोष्ठी २०८२ साल चैत्र २७ गते सम्पन्न भएको हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5