लुम्बिनी फोटोग्राफर संघद्वारा नयाँ वर्ष भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

लुम्बिनी फोटोग्राफर संघले नयाँ वर्ष २०८३ को अवसरमा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। बुघबार बुटवलमा एक कार्यक्रका विच सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री लोकनाथ न्यौपानेले संघले फोटोग्राफी क्षेत्रमार्फत गरेको योगदानको प्रशंसा गर्दै वर्तमान सरकारले निजी क्षेत्रलाई कुनै पनि सूचनामूलक सन्देश नदिने निर्णयप्रति कडा असन्तुष्टि जनाए। उनले यस्तो निर्णयले सिर्जनशील र व्यवसायिक क्षेत्र निरुत्साहित हुने भन्दै पुनर्विचार गर्न आग्रह गरे।

संघका अध्यक्ष दिनेश अर्यालले विगत वर्षहरूमा झैँ यस वर्ष पनि भित्तेपात्रो प्रकाशन गरिएको जानकारी दिँदै सरकारबाट आवश्यक सहयोग र ऊर्जा प्राप्त भए आगामी दिनमा थप सामाजिक तथा रचनात्मक कार्यक्रमहरू अघि बढाइने बताए।

कार्यक्रममा संघका उपाध्यक्षहरू, विभिन्न क्षेत्रगत संयोजकहरू, लेखा समितिका संयोजक तथा सदस्यहरू तथा ठूलो संख्यामा फोटोग्राफरहरूको सहभागिता रहेको थियो। हिरा थापाको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कमला धर्तीले गरेकी थिइन् भने स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष राम भण्डारीले व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागीहरूले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै फोटोग्राफी क्षेत्रको विकास र संस्थागत सुदृढीकरणका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5