रामग्राम नगरपालिकाले २९ वर्षपछि पहिलोपटक स्थापना दिवस मनायो

परासी । रामग्राम नगरपालिका ले स्थापना भएको २९ वर्षपछि पहिलोपटक नगर स्थापना दिवस मनाएको छ। आइतबार नगरपालिकाको प्राङ्गणमा आयोजित विशेष समारोहका बीच स्थापना दिवस मनाइएको हो।

नगर प्रमुख धनपत यादव ले नगर स्थापना दिवस सबै नगरवासीका लागि गौरवको विषय भएकाले यसलाई उत्सवका रूपमा मनाउन सुरु गरिएको बताए। उहाँका अनुसार नगरको उपलब्धि जनतासामु पु¥याउने उद्देश्यले स्थापना दिवस आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि देवकरण प्रसाद कलवार ले जनताको जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले स्थानीय, प्रदेश र संघीय सरकारले सहज सेवा प्रवाहमा ध्यान दिनुपर्ने उल्लेख गरे।

त्यस्तै, प्रतिनिधि सभा सदस्य रिंगला यादव ले जनताको विश्वास कायम राख्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । पूर्व मन्त्री धुव्र बहादुर प्रधान ले पर्यटन विकासमार्फत रामग्राममा समृद्धि हासिल गर्न सकिने धारणा राखे।

कार्यक्रममा देवेन्द्रराज कंडेल, रामवच्च यादव, प्रदेश सभा सदस्य वैजनाथ कलवार लगायतले विकासका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

समारोहमा रामग्राम नगरपालिका ले पछिल्ला चार वर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधार विकासमा भएका प्रगतिबारे जानकारी गराएको थियो। साथै विभिन्न जातजाति र भाषाभाषी समुदायका सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।

उक्त अवसरमा उत्कृष्ट कर्मचारी, सरसफाइकर्मी, विद्यालय तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो। सञ्चार क्षेत्रबाट योगदान गरेको भन्दै सामुदायिक रेडियो परासी लाई पनि दोसल्ला, प्रमाणपत्र र नगदसहित सम्मान गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5