
सुुर्खेतमा १६ वर्षीया इनिसा विकको बलत्कारपछि हत्या गरेको भन्दै काठमाडौंको माइतीघर मण्डलामा उनको न्यायकोलागि विरोध प्रदर्शन भईरहदा रुपन्देहीमा चार बर्षिय नाबालिका माथि बलत्कार भएको दर्दनाक घटना बाहिरिएको छ ।
बिहीबार माइतिघर मन्डलामा न्यायको माग गर्दै ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर, पितृसत्ता मुर्दावाद,’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरिरहदा रुपन्देहीको ओमसतिया गाउँपालिकामा चार बर्षिय बालिकामाथि बलत्कार भएको घटनाले झनै स्तब्ध बनाएको छ ।

रूपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४ मा भएको उक्त घटनाको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ । यद्यपी प्रहरीले उक्त विषयमा थप प्रस्टाउन चाहेको छैन ।
घटना सम्बन्धमा रुपन्देही प्रहरी प्रवक्ता डिएसपी कृष्ण कुुमार चन्दलाई सम्पर्क गर्दा उनले अभियुुक्तलाई जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको म्याद थपेर अनुुसन्धान अगाडी बढाइएको मात्रै बताए । उनले पीडक र पीडितको बारेमा तथा घटनाको विस्तृत विवरण भने अनुसन्धानको कारण खुुलाउन नमिल्ने बताए ।
स्रोतका अनुुसार ६ दिनअघि उक्त घटना घटेको हो । घटना घटीसकेपछि पीडित नाबालिकाका आफन्तले जाहेरी दिएपछि प्रहरीले एक १३ बर्षिय किशोरलाई पक्राउ गरेको छ ।
बालअधिकारको क्षेत्रमा काम गर्ने संस्था नेपाल बाल कल्याण संस्थाका अध्यक्ष समेत रहेका बरिष्ठ अधिवक्ता धर्म बहादुर खड्काले बालबिज्याई गर्नेहरुलाई उमेर अनुसार जरिवाना र कैदको ब्यवस्था रहेको बताए । बरिष्ठ अधिवक्ता खड्काले बालबालिका सम्बन्धी ऐनको व्यवस्था अनुुसार १० बर्षदेखि १४ बर्ष सम्मको बालबालिकाले कसुर जन्य कार्य गरेमा जरिवाना हुने कसुरमा सम्झाई बुुझाई गरि छाडिने र कैद हुने कसुरमा बढीमा ६ महिना सम्म कैद वा बालसुुधार गृहमा राख्ने व्यवस्था रहेको बताए ।
प्रहरीका अनुुसार आरोपीत पनि नाबालिक नै भएकोले परिचय गोप्य राखिएको हो । यद्यपी कानुुन अनुुसार उक्त १३ बर्षिय अभियुक्तलाई ६ महिना सम्म कैद वा बालसुुधार गृहमा राख्ने व्यवस्था भने रहेकोछ ।
उता घटना घटेको गाउँका स्थानियहरु चार बर्षिय नाबालिका माथि यौन दुराचार गर्ने किशोरलाई जोगाउन केहि राजनैतिक दलका व्यक्तिहरु सक्रिय समेत भएको आरोप लगाएका छन् । स्थानियहरुका अनुुसार अपराध लुकाउन उक्त अभियुुक्तलाई मानसिक सन्तुुलन विग्रीएकोे भन्दै गाउँमा केहि व्यक्तिले प्रचार गरिरहेको भन्दै पीडित पक्षका व्यक्तिहरु पीडित नाबालिका कतै अन्यायमा पर्छ की भन्ने डर त्रासमा रहेको बताएका छन् ।
(बालबालिकाको गोपनियताको हक अन्तर्गत पीडित नाबालिका र अभियुुक्तको नाम, ठेगाना , घटना स्थल खुलाइएको छैन –सं)




