डा. लेखजंग थापा: ‘जनताको विश्वास नटुट्ने गरी काम गर्छु’

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. लेखजंग थापाले आफ्नो विजयलाई जनताको विजयको रूपमा व्याख्या गरेका छन्।

बुधबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मतदाताप्रति आभार व्यक्त गर्दै चाँडै काठमाडौं प्रस्थान गर्ने जानकारी दिएका हुन्।

डा। थापाले ठूलो मतान्तरसहित प्राप्त विजयलाई ऐतिहासिक उपलब्धिको रूपमा लिँदै यसले जनताको बढ्दो चेतना र परिवर्तनप्रतिको स्पष्ट चाहनालाई उजागर गरेको बताए।

“यो जित मेरो मात्र होइन, सम्पूर्ण जनताको जित हो। यसका लागि म सबै मतदाताप्रति हृदयदेखि नै कृतज्ञ छु,” उनले भने।

रुपन्देही–३ का ३६ वटै वडाबाट प्राप्त व्यापक समर्थनलाई उनले जनताको ठूलो विश्वासका रूपमा लिएको बताए। जनताले दिएको विश्वासलाई कुनै पनि अवस्थामा नटुट्न दिने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताको आशा, भरोसा र अपेक्षालाई जिम्मेवारीका रूपमा लिएर काम गर्ने बताएका छन्।

हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डा. थापा प्रतिनिधि सभा सदस्यहरूमध्ये सबैभन्दा ठूलो मतान्तरले विजयी भएका छन्। उनले ५८ हजार ८१४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुशिल गुरुङले ८ हजार ४३५ मत पाएका छन्। यसरी डा। थापा ५० हजार ३७९ मतान्तरले विजयी भएका हुन्।

पत्रकार सम्मेलनका क्रममा उनले समाज रूपान्तरणका लागि स्वच्छ र जिम्मेवार पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। पत्रकारिताले नेतृत्व तहलाई मात्र होइन, समग्र समाजलाई सही दिशा दिन सक्ने उनको धारणा थियो।

समाजमा आमूल परिवर्तन र सुधार ल्याउन विभिन्न क्षेत्रका सरोकारवालासँग निरन्तर छलफल, सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5