रोटर्याक्ट क्लबद्वारा सिद्धार्थ बालगृहमा खाद्यान्न सहयोग

भैरहवा, फागुन २५
सिद्धार्थनगरको रोटर्याक्ट क्लब अफ सिद्धार्थनगरले भैरहवास्थित सिद्धार्थ बालगृहमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका सदस्य सन्देश श्रेष्ठको दोस्रो वैवाहिक वर्षगाँठको अवसर पारेर उहाँकै पारिवारिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा ओमसतिया गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष ज्ञानेश श्रेष्ठ प्रमुख आतिथ्य र बालगृहकी सञ्चालक विष्णुमाया गुरुङको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष जीवन आचार्यले सन्देश श्रेष्ठको पहलले सामाजिक उत्तरदायित्वप्रति युवाको सचेतना र प्रतिबद्धता झल्किएको बताए। उनले यस्ता गतिविधिले क्लबको गरिमा अझ उचो बनाउने विश्वास व्यक्त गर्दै सन्देश श्रेष्ठ तथा उहाँकी जीवनसाथी रुबी श्रेष्ठलाई वैवाहिक वर्षगाँठको शुभकामना व्यक्त गरे।
यस अवसरमा सञ्चालक विष्णु माया गुरुङले बालगृह सञ्चालनका क्रममा भोगेका अनुभव तथा चुनौतीहरूबारे जानकारी गराएका थिए। प्रमुख अतिथि ज्ञानेश श्रेष्ठले आवश्यक परेमा बालगृहलाई सहयोग गर्न आफू सधैं तयार रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमकै क्रममा सन्देश श्रेष्ठका हजुरबुवा लालबहादुर श्रेष्ठले बालगृहको अवस्था र आवश्यकताबारे जानकारी पाएपछि व्यक्तिगत रूपमा पाँच हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए।
कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5