ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

२३ फागुन । ताप्लेजुङ प्रतिनिधिसभा क्षेत्रको मतगणना सकिँदा नेकपा (एमाले) का क्षितिज थेबे विजयी भएका छन् । उनले १३ हजार ९६२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बू ले ११ हजार ७११ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्री ले ६ हजार ७७५ मत पाएका छन् भने श्रम सँस्कृति पार्टीका सन्तोष राई ले ५ हजार २०९ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठ ले ४ हजार १५५ मत ल्याएका छन् ।

यस क्षेत्रबाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेकै योगेश भट्टराई विजयी भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5