अध्ययन र निर्वाचन दुवैमा अब्बल: हार्वर्ड पढेका डा. लेखजंग थापाको कीर्तिमानी विजय

भैरहवा । रूपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापा भारी मतान्तरसहित विजयी भएका छन्। अध्ययनमा जस्तै निर्वाचनको मैदानमा पनि आफूलाई अब्बल प्रमाणित गर्दै डा. थापाले देशकै ध्यान खिच्ने गरी ऐतिहासिक जित हासिल गरेका हुन्।

निर्वाचनको अन्तिम परिणामअनुसार डा. थापाले ५८,८१४ मत प्राप्त गरी विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै ठूलो मतान्तरले पराजित गरे। निर्वाचनमा नेपाली कांग्रेसका सुशील गुरुङले ८,४३५ मत र नेकपा एमालेका बासुदेव घिमिरेले ८,२७५ मत मात्र प्राप्त गरे। डा. थापाले ५०,३७९ को फराकिलो मतान्तर कायम गरे, जुन यो निर्वाचनकै राष्ट्रिय स्तरको कीर्तिमान मध्ये एक हो।

विजयी डा. थापा नेपालका स्थापित वरिष्ठ न्युरोलोजिस्ट हुन्। सिद्धार्थनगर–९ अञ्चलपुरमा जन्मिएका उनले चिकित्सा शास्त्रमा एमडी र अटिजममा विद्यावारिधि गरेका छन्। हालै सन् २०२४ मा उनले विश्वकै उत्कृष्ट हार्वर्ड विश्वविद्यालयबाट नेतृत्व विकासमा स्नातक पूरा गरी आफ्नो प्राज्ञिक उचाइ थप मजबुत बनाएका थिए। उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष समेत हुन्।

यो चुनावी प्रतिस्पर्धा रूपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा भएको थियो। भैरहवा र आसपासको यो क्षेत्रमा लामो समयदेखि पुराना दलहरूको दबदबा रहँदै आएकोमा यसपटक डा. थापाले ‘विज्ञ राजनीतिज्ञ’ को रूपमा नयाँ इतिहास रचेका छन्।

२०८० असारमा रास्वपाको सदस्यता लिएर राजनीतिमा होमिएका थापाको यो सफलता २०८२ सालको फागुन २१ मा सम्पन्न निर्वाचन र त्यसपछिको मतगणना मार्फत औपचारिक रूपमा घोषणा भएको हो।

राजनीतिमा विज्ञता र सुशासनको खोजी गरिरहेका मतदाताले डा. थापाको उच्च शैक्षिक योग्यता र डेढ दशकदेखिको निस्वार्थ चिकित्सकीय सेवालाई अनुमोदन गरेका हुन्। उनले चुनावी अभियानका क्रममा आफ्नो व्यक्तिगत जीवनका विवादमा देखाएको पारदर्शिता र ‘प्रणाली सुधार्ने’ स्पष्ट मार्गचित्रले गर्दा जनताले उनलाई भरोसाको केन्द्र माने।

डा. थापाले काठमाडौँको व्यस्त नेसनल न्युरो सेन्टरको जागिरलाई थाती राखेर जनताको घरदैलोमा पुगी ‘स्वास्थ्य र सुशासन’ का एजेन्डा स्थापित गरे। पार्टीभित्रको ‘प्राइमरी इलेक्सन’ मा ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उम्मेदवार बनेका उनले चुनावलाई गाली-गलौजको साटो बौद्धिक बहसको माध्यम बनाए। विजयी भएपछि डा. थापाले भने:
“मैले अहिलेसम्म अस्पतालमा बसेर व्यक्तिको मष्तिस्कको उपचार गरेँ, अब संसद्‌मा पुगेर देशको बिग्रिएको प्रणाली र नीति-निर्माणको मष्तिस्क सफा गर्नेछु। हार्वर्डमा सिकेको ज्ञान र अस्पतालमा आर्जेको अनुभव अब देशको हितमा खर्चिनेछु।”

यो जितले नेपाली राजनीतिमा अब केवल भाषण होइन, उच्च शिक्षा र विशेषज्ञता भएका व्यक्तित्वहरूको आवश्यकता छ भन्ने बलियो सन्देश दिएको

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5