
भैरहवा २३ फागुन। सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले मतगणनामा अग्रता बढाउँदै लगेका छन्।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार साम्पाङले हालसम्म ७ हजार ८ सय १३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङले ५ हजार ८ सय ७१ मत प्राप्त गरेकी छन्। यससँगै साम्पाङ १ हजार ९ सय ४२ मतले अघि रहेका छन्।

सुरुआती मतगणनामा भने तामाङले साम्पाङलाई पछि पारेकी थिइन्। तर पछिल्लो मतपरिणामसँगै साम्पाङले अग्रता कायम गरेका हुन्।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराई १ हजार ४ सय ७३ मतसहित तेस्रो स्थानमा छन् भने नेकपा (एमाले)का टीकाराम लिम्बू १ हजार २ सय १४ मतसहित चौथो स्थानमा रहेका छन्।
नेपाली कांग्रेसका सुजेन्द्र तामाङ १ हजार ९३ मतसहित पाँचौँ स्थानमा छन्।




