
लुम्बिनी: आगामी निर्वाचनको मिति नजिकिएसँगै लुम्बिनी क्षेत्रमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। जनमत पार्टीले यस क्षेत्रमा आफ्नो घरदैलो अभियानलाई तीव्र बनाउँदै स्थानीय र राष्ट्रिय मुद्दाहरूलाई प्रमुखताका साथ उठाइरहेको छ।
जनमत पार्टीका प्रतिनिधिहरूले आफ्नो अभियानका क्रममा मुख्यतया युवा पलायनको डरलाग्दो समस्यालाई चुनावी एजेण्डा बनाएका छन्। दैनिक रूपमा विदेशिने युवा युवतीहरूलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्ने र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता पार्टीले व्यक्त गरेको छ।


घरदैलो अभियानका क्रममा बोल्दै पार्टी प्रतिनिधिले नेपाली कांग्रेस लगायतका पुराना दलहरूको कडा आलोचना गरेका छन्। विगत १५ २० वर्षदेखि यस क्षेत्रको नेतृत्व गरे पनि ती दलहरूले जनताको जीवनस्तरमा कुनै ठोस परिवर्तन ल्याउन नसकेको उनीहरूको आरोप छ।
गौतम बुद्धको पावन भूमि शान्तिको सन्देश दिने ठाउँ हुनुपर्नेमा अहिले अशान्ति छ, वक्ताले भने। उनले पुराना दलहरूले सबै जातजाति र वर्गलाई समेटेर साझा फूलबारीु बनाउन नसकेको समेत टिप्पणी गरे।
जनताले पुराना दलहरूको विकल्प खोजिरहेको र ुहर्न छापुमा मतदान गरेर लुम्बिनीबाट शान्तिको नयाँ सन्देश दिन आतुर रहेको दाबी समेत गरिएको छ। विगतका आन्दोलन र राजनीतिक अस्थिरताबाट वाक्क भएका स्थानीयले यस पटक नयाँ शक्तिलाई विश्वास गर्ने जनमत पार्टीको विश्वास छ।




