
रूपन्देही, १६ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व संविधान सभा सदस्य विनोद पहाडी नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।
उनलाई एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा तथा नेता लिला गिरीले पार्टीमा स्वागत गरेका थियो।

एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणमा एमालेको दृढ अडान आफूलाई आकर्षित गरेको बताए। उनले एमालेमाथि भइरहेको घेराबन्दी र आक्रमणलाई लोकतन्त्र र गणतन्त्रविरुद्धको प्रयासका रूपमा व्याख्या गरे।
पहाडीले कुनै लोभ, पद वा लहडका कारण नभई विचार र सिद्धान्तका आधारमा एमाले रोजेको स्पष्ट पारे। उनीसँगै नेकपा रूपन्देहीका सदस्य सरोज गौतम र नगर सदस्य जनक गौतम समेत एमालेमा प्रवेश गरेका छन्।




