रुपन्देही–३ मा डा. लेखजंग थापाको घरदैलो अभियान तीव्र

रुपन्देही, फागुन १६

आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नं. ३ मा चुनावी गतिविधि तीव्र बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापाले यतिबेला घरदैलो अभियानलाई व्यापक बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

स्वास्थ्य क्षेत्रको लामो अनुभव बोकेका डा. थापाले विज्ञको प्रतिनिधित्व आवश्यक रहेको बताउँदै स्वास्थ्य सुधार, सुशासन र युवा स्वरोजगारलाई प्राथमिक एजेन्डा बनाएका छन्। उहाँको उम्मेदवारीलाई लिएर विशेषगरी युवापुस्ता र स्वास्थ्यकर्मी समुदायमा सकारात्मक चर्चा भइरहेको छ।

शुक्रबार शुद्धोधन गाउँपालिकामा सम्पन्न घरदैलो कार्यक्रममा स्थानीयबासीले खुला रूपमा समर्थन जनाएका छन्। वडा नं. ४ की शोभा कुमारी आलेले विगतका राजनीतिक निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै अब सक्षम र इमानदार नेतृत्व चयन गर्नुपर्ने धारणा राखिन्। उनका अनुसार डा. थापा जस्तो दक्ष र अनुभवी व्यक्तित्व सांसदमा पुग्दा देशले नयाँ दिशा पाउने विश्वास गरिएको छ।

त्यस्तै वडा नं। ७ का दिवेश चौधरीले स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि विज्ञ प्रतिनिधि आवश्यक रहेको उल्लेख गरे। पेशाले स्वास्थ्यकर्मी रहेका उनले नीतिगत सुधारका लागि डा। थापाको जित महत्वपूर्ण हुने बताए।

रुपन्देही–३ का विभिन्न टोलबस्तीमा डा. थापाको अभियानप्रति उत्साह देखिएको छ। पुराना राजनीतिक दलप्रति निराश बनेका केही मतदाताले विकल्पको खोजी गरिरहेका बेला थापा नयाँ अनुहारका रूपमा प्रस्तुत भएका छन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा क्षेत्र नं. ३ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ। मतदाताहरू भने यसपटक सक्षम, इमानदार र परिणाममुखी नेतृत्व चयन गर्ने पक्षमा देखिएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5