महेशपुर भन्सार सञ्चालन र पर्यटन प्रवद्र्धन नै मेरो मुख्य प्राथमिकता

आसन्न फागुन २१ गतेको निर्वाचनको लागि विभिन्न दलका उम्मेदवारहरु विभिन्न चुनाबी कार्यक्रम लिएर जनताको घरदैलोमा पुगिरहेका छन् । उम्मेदवारहरुले विकासे एजेन्डादेखि , सामाजिक कार्यक्रम पनि साथै लिएर जनतासँग प्रतिबद्धता गरिरहेका छन् । यसै परिवेशमा प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा उम्मेदवारहरूसँग नेपाल वर्ड डटकमले ५ प्रश्न निर्वाचन विशेष स्तम्भ प्रकाशन गरिरहेकोछ । निर्वाचन विशेषको सो स्तम्भको लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार रहेका लेखनाथ खरेल सँग हाम्रा सहकर्मी भोला पराजुलीले गरेको कुराकानीको सम्पादित अंशः

स्वागत छ तपाईंलाई कार्यक्रममा। आज तपाईं घरदैलो कार्यक्रममा हुनुहुन्छ, मतदाताबाट के–कस्ता प्रतिक्रिया पाउनुभएको छ ?
धन्यवाद घरदैलो कार्यक्रममा जनता बाट परिवर्तन चाहि रहेको पाए अहिलेको राजनीतिक माहोलमा मतदाताहरूले केवल आश्वासन मात्र होइन, ठोस नतिजा खोजिरहेका छन्।

तपाईंले यो क्षेत्रमा जित्ने मुख्य आधार के हुन् र विकासका लागि तपाईंले उठाएका एजेन्डाहरू के–के छन ?

मैले गरेका सामाजिक क्रियाकलापहरूको बारेमा पनि यहाँका आम मतदाताहरूलाई जानकारी छ। त्यो मतदाताहरूलाई जानकारी हुँदाहुँदै हाम्रो जित्ने आधार के हो त भन्ने कुराहरू पनि यहाँले सोध्नुभएको छ। जित्ने आधारको बारेमा म अहिले लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, उद्योग वाणिज्य संघ सुनवलको वरिष्ठ उपाध्यक्ष, र मोतिलाल बहुमुखी क्याम्पसको अध्यक्ष भएर गरिएका कामहरूको पारदर्शिताका कुरा छन्, सम्पन्नताका कुरा छन्, र यो संस्थाहरूलाई दृढ तरिकाले अगाडि बढाउने कुराहरूमा हामी जसरी लाग्यौं, त्यो एउटा विकल्पको रूपमा मैले लिएको छु।
तपाईंले विकासका योजनाहरूमा पनि चासो राख्नुभएको छ। विकासका योजनाहरूमा अहिले हाम्रो यस क्षेत्रसितै जोडिएको महेशपुर भन्सार छ, त्यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्नेछ। साथै त्यहाँ देखि सुनवलसम्म फोरलेनको बाटो निर्माणको काम सुरु भइसकेको छ, त्यसलाई पूरा गर्नुपर्नेछ। त्यसपछि यो सुनवललाई पहाडी जिल्लाहरूसँग जोड्नुपर्नेछ। अहिले यो क्षेत्रमा नाकाहरू छैनन्। जस्तो पूर्व(पश्चिम राजमार्गले झण्डै उत्तरी सिमानाबाट काटेको छ। काटे तापनि यो उत्तर(पूर्व(पश्चिम आउने जाने त चलिरहन्छ राष्ट्रिय राजमार्ग भएको नाताले, तर उत्तरी सिमानाबाट आउने व्यक्तिहरू अथवा आउने मानिसहरूलाई यहाँ आउन अलि गाह्रो छ। त्यो भएको हुँदा यो उत्तरी नाका कालीगण्डकी करिडोरसँग जोड्ने र अनि यहाँको उत्पादनलाई सिधै पहाडी भू(भागमा बस्ने उपभोक्तासँग पुर्‍याउने कुराहरू पनि छन्।

अर्कोतर्फ, विकासका कुराहरूमा यो क्षेत्र पर्यटकीय हिसाबले पनि एउटा सम्भाव्य बोकेको क्षेत्र हो। जहाँ गौतम बुद्धको अस्तु धातु राखिएको रामग्राम स्तूप छ, जहाँ पण्डितपुर छ, जुन बुद्धको मावलीसित सम्बन्धित भयो। त्यसै गरेर यहाँ देवदह ताल पर्छ, बाबा बर्दगोरिया धाम छ, त्यसै गरेर मम्मी सती सबरिया छ, महलपोखरी देवी एकदम शक्ति पीठको रूपमा रहेको महलपोखरी देवी छ जसलाई गजदम्बा देवी पनि भनिन्छ। म अस्ति भर्खरै त्यहाँ पुगेको थिएँ, त्यहाँ बडो आश्चर्यको कुरा पनि गर्नुभयो कि त्यहाँ भएका वरिपरि भएका रुखहरूको हाँगा काट्यो भने बाघ आउँछ रे त्यहाँ तुरुन्तै। त्यो धेरै पटक दोहोरिएको कुराहरू रहेछ। भनेपछि यस्ता ठाउँहरूलाई पर्यटकीय स्थलमा विकास गर्नको लागि पनि मेरो उम्मेदवारी हो।

जनताले नेकपा एमालेलाई किन भोट दिनेर? अहिले त्यस्तो परिवर्तन के छ ?

काम गर्ने तरिका फरक तरिकाले काम गर्ने व्यक्ति भएको नाताले, शिव खेडाको भनाइलाई सापट लिँदै विजेताले फरक काम गर्दैनन्, उनीहरूले कामलाई फरक ढङ्गले गर्छन्ू भन्ने कुरालाई आत्मसात गर्दै म त्यो तरिकाले काम गर्न सक्छु। अर्कोतर्फ, म युवाहरूको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभामा उम्मेदवारी बनिरहेको अवस्थाले गर्दा चुनावमा आम मतदाताले मलाई मतदान गर्नुहुन्छ भन्ने मैले महसुस गरिरहेको छु।
तेस्रो कुरा छ विकासको हुटहुटी। म यो क्षेत्रमा बसोबास लामो समयसम्म बसोबास गरेको, एउटा पहाडी मूलबाट तराई झरेर बसेको तराईवासी भएको नाताले पनि यस क्षेत्रका आम मतदाताले मलाई पहिचान गर्ने भएको नाताले पनि उहाँहरूले मतदान गर्नुहुन्छ।

युवाहरू विशेषगरी नयाँ पुस्ता राजनीतिप्रति निराश देखिन्छन्, उनीहरूलाई कसरी आश्वस्त पार्नुहुन्छ ?

अब युवाहरूको असन्तुष्टिको बारेमा कुराहरू चलिरहेको छ। युवाहरूको असन्तुष्टि भन्दा पनि वास्तवमै कुरा गर्ने हो भने युवाहरूले अहिले चेन्जेज परिवर्तन० खोजिरहेका छन्। र यो क्षेत्रको एउटा अनटेस्टेड (परीक्षण नभएको) उम्मेदवार पनि हुँ म। किनभने मसँग जो प्रतिस्पर्धी हुनुहुन्छ, सबै टेस्टेड परीक्षण भइसकेका हुनुहुन्छ। उहाँहरूले गरेका काम अथवा कारबाही, उहाँहरूले गरेका विकासको बारेमा सबैलाई जानकारी छ। म नयाँ भएको नाताले उहाँहरूले मेरो हालसम्म गरेका सामाजिक क्रियाकलाप जस्तै राज्य सत्ता सञ्चालनमा जाँदा अथवा जनताका आवाजहरू सदनसम्म पुर्‍याउने देखि लिएर जनतालाई काम गर्न सहज हुने खालका कानुनहरू निर्माण गर्ने, यस क्षेत्रमा देखिएका विकासका समस्याहरूको बारेमा पहिचान गरेर त्यसलाई विकास गर्नेछु।
त्यसै गरेर यहाँका युवाहरू धेरै बेरोजगार भइरहेको हुँदा ती बेरोजगार युवाहरूलाई कसरी स्वरोजगार बनाउन सकिन्छ भन्ने बारेमा पनि हामीसँग पार्टीले घोषणापत्र र प्रतिबद्धता पत्र जारी गरिसकेको छ। त्यसलाई पनि हामीले प्रमुख आधारहरू मानेका छौं। त्यसैले गर्दा आम मतदाताहरूले मलाई मतदान गरेर नेकपा एमाले र नेकपा एमालेको उम्मेदवार म लेखनाथ खरेललाई जिताउनुहुनेछ भन्ने कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।

यहाँ उम्मेदवारको ताँती नै लागेको छ, तीमध्ये मतदाताले तपाईंलाई नै किन मतदान गर्नेरु तपाईंको मुख्य प्रतिस्पर्धी को हो?

मुख्य प्रतिस्पर्धीको रूपमा सोध्नुभएको छ। प्रतिस्पर्धी हुँदै हुँदैन भन्ने कुराहरू पनि हुन सक्छ, तर दोस्रो हुने पनि त प्रतिस्पर्धी हो। त्यसले गर्दा अहिले नै फलाना प्रतिस्पर्धी भनेर नभनौं। तथापि प्रतिस्पर्धी छ। यहाँ कुन दल आउँछ भन्ने बारेमा अब यकिन हुँदैछ र त्यो निर्वाचन परिणामले पनि बताउला। हस धन्यवाद।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5