शान्ति, शुसासन र समृद्धिका लागि पार्टीको जित अपरिहार्य

फागुन १० । मुलुकलाई शान्ति र समृद्धिको बाटोमा लैजान नेकपा एमालेको जित अपरिहार्य रहेको नेकपा एमाले क्षेत्र नम्वर १, का उम्मेदवार दधिराम न्यौपानेले बताए । उनले देशमा शान्ति, शुसासन र समृद्धिको लागि नेकपा एमालेका संग स्पष्ट योजना रहेको बताउदै त्यो योजना कार्यान्वयन गर्न पार्टीका उम्मेदवारले जित्नु पर्नैमा जोड दिए। प्रतिनिधि सभा निर्वाचन अन्र्तगत देवदह नगरपालिका–५ र ६ को घरदैलो अभियानमा मतदाताहरु संग संवाद गर्दे उहाले उक्त कुरा बताए । उनले संविधानमा रहेका केही बुदाँहरु संशोधन गर्न आवश्यक रहेको बताउदै नागरिकको हितलाई ध्यान दिएर संविधान शंसोधन गर्नुपर्नैमा जोड दिए ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका उम्मेदवार न्यौपानेले नेकपा एमालेको लुम्विनी प्रदेश सरकारले कृषिको विकासको लागि स्मार्ट गाउको अवधारण अगाडि सारेपनि त्यसपछिका सरकारले बेवास्ता गर्दा कार्यान्वयन नभएको बताए । उनले उत्पादन बृद्धिको लागि कृषिलाई आधुनिकरण गर्न आवश्यक रहेको बताउदै त्यसको लागि नेकपा एमाले दीर्घकालिन योजना रहेको बताए ।उनले मुलुकलाई विकासको बाटोमा लैजान सवैले हातेमालो गर्न आवश्यक रहेको बताउदै मताधिकारलाई सही सदुपयोग गर्न आग्रह गरे । उनले विगतमा भएगरेका कमीकजोरीलाई आत्मसाथ गर्दै देश विकासको लागि नया सोचका साथ अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिए । घरदैलो कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको उल्लेखनीय रुपमा सहभागिता रहेको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5