निर्वाचन सामग्री हुुम्ला पुुग्यो

निर्वाचन आयोगले प्रतिनिधी सभाकोलागि आवश्यक सामग्री हिमाली जिल्ला हुुम्ला पुराईसकेको छ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि देशको सबैभन्दा दुर्गम जिल्ला मानिने हुम्लामा निर्वाचन सामाग्री आइपुगेको पुगिसकेको छ । नेपाली सेनाको ‘स्काई ट्रक’मार्फत शनिबार निर्वाचन सामाग्री हुम्ला पुगेको हो ।

नेपाली सेनाको स्काई ट्रकबाट मतपेटिका, सुरक्षा सिल, मसीका मार्कर, स्वस्तिक छाप, स्टिकर, रंगिन मतदाता नामावलीजस्ता निर्वाचन सामग्री पुुगेको हो । हुम्लामा थप १९६ मतपेटिका आवश्यक रहेको बताउँदै यसअघि २३५ वटा जिल्लामै रहेको बताए । एउटा मतदान केन्द्रमा तीन वटा मतपेटिका आवश्यक रहेको छ । हुम्लामा १८ हजार २१ जना पुरूष, १६ हजार ३५१ जना महिला गरि कुल ३४ हजार ३७२ जना मतदाता छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5