प्याब्सनसँग उम्मेदवार कार्यक्रम सम्पन्न

निर्वाचनको माहोलसँगै शिक्षा क्षेत्रका मुद्दा पनि चुनावी बहसमा प्रवेश गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन सिद्धार्थनगरको आयोजनामा प्याब्सनसँग उम्मेदवार कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालयले भोगिरहेका समस्या र आगामी नीतिगत दिशा बारे खुला छलफल गरिएको थियो। निजी विद्यालय सञ्चालकहरूले बारम्बार परिवर्तन हुने शिक्षा नीति, स्थानीय तहबाट हुने फरक फरक अभ्यास, शुल्क निर्धारणसम्बन्धी अन्योल, कर तथा प्रशासनिक झन्झट, शिक्षक कर्मचारी व्यवस्थापन र कोभिडपछिको आर्थिक असर जस्ता विषय उठाएका थिए।
उम्मेदवारहरूले शिक्षा क्षेत्रलाई व्यवस्थित र स्थिर नीति आवश्यक रहेको स्वीकार गर्दै सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। निजी र सरकारी विद्यालयबीच समन्वय र समान व्यवहार हुनुपर्ने धारणा पनि कार्यक्रममा राखिएको थियो।
प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदयकुमार मल्लिक ले यस्तो अभ्यास गत स्थानीय तह निर्वाचनबाट सुरु गरिएको जानकारी दिए। शिक्षा क्षेत्रका मुद्दा प्रत्यक्ष रूपमा उम्मेदवारसमक्ष राख्न र निर्वाचित भएपछि प्रतिबद्धता कार्यान्वयन गराउन संवाद कार्यक्रम प्रभावकारी हुने मल्लिकले बताए।

कार्यक्रमले शिक्षा एजेन्डालाई चुनावी प्राथमिकतामा ल्याउने प्रयास गरेको आयोजकको भनाइ छ। रुपन्देही क्षेत्र नम्बर ३ मा कुल ३६ जना उम्मेदवार रहे पनि कार्यक्रममा ७ जना उम्मेदवार सहभागी भएका थिए। कार्यक्रममा एमालेका बासुदेव घिमिरे, काङ्ग्रेसका शुशिल गुरुङ, नेकपाका फैज अहमद, जनमतका बिशाल गुप्ता, स्वतन्त्रका जेबी गुप्ता, जनमोर्चाका बद्रे आलम मुसलमान र राष्ट्रिय जनमुक्तीका मोजिब अली मुसलमान सहभागी भएका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5