तमु प्ये ल्हु संघ भैरहवाको रजत महोत्सव भव्य रूपमा सम्पन्न

भैरहवा । तमु प्ये ल्हु सङ्घ भैरहवाले आफ्नो २५औँ स्थापना दिवस अर्थात् रजत महोत्सव विशेष समारोहका साथ सम्पन्न गरेको छ। तमु समुदायको भाषा, कला, संस्कार र सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रम उत्साह र गौरवपूर्ण वातावरणमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि धुर्ब नारायण चौधरीले तमु समुदाय समाज रूपान्तरण र विकासमा सधैं अग्रणी रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायको एकता अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष कृष्ण बहादुर तमुले २५ वर्षको यात्राले समुदायलाई संगठित र सशक्त बनाएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए। स्वागत मन्तव्य ओम बहादुर कउचे तमुले राखेका थियो भने सञ्चालन सचिव जोशन तमुले गरेका थियो।

महोत्सवमा विविध सांस्कृतिक झाँकी, सम्मान कार्यक्रम तथा सामुदायिक योगदानबारे विचार–विमर्श गरिएको थियो। वक्ताहरूले तमु समुदायको पहिचान संरक्षणसँगै सामाजिक सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5