लुम्बिनी विश्व शान्ति मञ्चले लुम्बिनीमा वृक्षारोपण तथा छात्रवृत्रि कार्यक्रम

भैरहवा, १९ माघ । विश्व सिमसार दिवसको अवसरमा लुम्बिनी विश्व शान्ति मञ्चले छात्रवृत्ति वितरण, वृक्षरोपण तथा सचेतना कार्यक्रम गरेको छ । मञ्चले सोमबार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१० स्थित लुम्बिनी आधारभूत विद्यालयमा पाँचजना छात्र र छात्रा गरी १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो ।

विद्यार्थीहरुलाई जनही पाँच हजार रुपैयाँ छात्रवृत्ति र विद्यालयलाई १० हजार गरी ६० हजार रुपैयाँ प्रदान गरिएको मञ्चका संस्थापक तथा अध्यक्ष बासु गौतमले बताए । त्यस्तै सोमबार विद्यालय परिसरमा २५ वटा बढी र अन्य स्थानमा गरी २५० वटा विरुवा रोपिएको अध्यक्ष गौतमले जानकारी दिए । लुम्बिनी प्रदेशका विभिन्न विद्यालयमा अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभयो । प्रत्येक वर्ष सिमसार दिवस र अन्य दिवसमा लुम्बिनी क्षेत्रका विद्यालयमा यस्तै किसिमको सहयोग गर्ने गौतमले बताए।

कार्यक्रममा राजकीय बौद्ध विहार, लुम्बिनीका प्रमुख सागर धम्मले जीवन निर्वाह गर्न पानी आवश्यक रहेकोले पानीका स्रोतको संरक्षण गर्नुपर्नेमा जोड दिए । उहाँले पानी खेर नफाल्न आग्रह गर्दै सिमसार क्षेत्रको धेरै नै महत्व रहेको बताए। सिमसार दिवसको अवसरमा विद्यालयमा कार्यक्रम आयोजना गरिनु प्रशंसनीय रहेको उनको भनाइ छ ।
त्यस्तै भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा लुम्बिनी विश्व शान्ति मञ्चका आजीवन सदस्य अमित कुमार गुप्ताले मञ्चले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष लिलामणि शर्माले तालतलैया, पोखरी तथा पानीका स्रोतहरुको संरक्षण आवश्यक रहेकोमा जोड दिए ।
सन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले पर्यावरणलाई बचाउनुपर्छ र सिमसार क्षेत्रलाई संरक्षण गर्नुपर्छ भन्ने सन्देश यो कार्यक्रमले दिएको बताए।
कार्यक्रममा राससकर्मी रबिन्द्र प्रताप गुप्तालाई मञ्चले वातावरण क्षेत्रमा कलम चलाएको भन्दै सम्मान गरिएको छ । त्यस्तै संगीतकार महेश ज्ञवाली र चित्रकला कलाकर्मी नर बहादुर विश्वकर्मालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी विश्व शान्ति मञ्चका साझेदार संस्थाहरु सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ओम मेगाश्री फार्मास्यूटिकल्स लिमिटेड र लुम्बिनी होटल संघ, नेपालका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5