नेपाल प्रवेश गर्ने भारतीय गाडीलाई नाकापिच्छे फरक नियम लगाएपछि शानको विरोध

रोडपरमिट लिने हो भने सबै नाकाबाट प्रवेश गर्ने सबै गाडीसँग लिनुपर्यो होइन भने बेलहियामा मात्रै लिन पाईदैन

भारतबाट नेपाल प्रवेश गर्ने नाका पिच्छे फरक फरक नियम लगाएपछि पर्यटन ब्यवसायीहरुले विरोध गरेका छन् । होटलहरुको साझा संस्था सिद्धार्थ होटल एशोसियन संघ नेपाल (शान) ले एक विज्ञप्ती नै जारी गर्दै भारतीय सवारी साधनलाई नेपाल प्रवेश गर्दा सबै प्रवेश नाकामा समान नियम लगाउनुपर्ने माग गरेको छ ।

शानका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘बेलहिया नाकाबाट प्रवेश गर्ने भारतीय सवारीलाई रोड परमिटको नाममा ६ सय शुल्क लिने गरेको तर कृष्णनगर, महेशपुर, लुम्बिनी नाकाबाट पैसा नलिने गरेको छ । यसले बेलहिया नाकाबाट मात्रै रोडपरमिटको शुल्क लिदा भारतीय सवारी साधन यस नाका प्रयोग गर्न छाडेका छन् । ’

विज्ञप्ती पछि शानका अध्यक्ष श्रेष्ठले नेपाल वर्डलाई संक्षिप्त प्रतिक्रिया दिदै भने, ‘हाम्रो विरोध सरकारले रोड परमिट लिएको विषयमा होइन । रोडपरमिट लिने हो भने सबै नाकाबाट प्रवेश गर्ने सबै गाडीसँग लिनुपर्यो होइन भने बेलहियामा मात्रै लिन पाईदैन भन्ने हो ।’

सरकारले भैरहवा बजारलाई सुनसान गराउनेगरी बेलहिया नाकालाई लक्षित गरी शुल्क लिनु गलत भएकोे शानको निश्कर्ष रहेको छ । उक्त कार्यको सिद्धार्थ उद्योग बाणिज्य संघले पनि विरोध जनाएको छ ।

नेपाली सवारी भारतमा जादाँ एम्बेसी मार्फत प्रक्रिया मिलाएर जानुपर्ने हुन्छ । तर भारतीय सवारीसाधनहरु नेपालमा भन्सारमा सामन्य प्रक्रिया पुरा गरेर आउने सहजता छ । भारतीय सवारी साधनहरु व्यवसायीक हिसाबले नेपाल प्रवेश गर्दा नेपालको यातयात क्षेत्रमा भने त्यसको प्रत्यक्ष असर परिरहेको छ । यातयात व्यवसायीहरुले जसरी नेपालको सवारी साधन भारतमा लैजादा विभिन्न प्रक्रिया पुरा गर्नुपर्दछ त्यसैगरी भारतीय सवारी साधन नेपाल आउदाँ प्रक्रिया पुरा गरेर मात्रै आउने व्यवस्था गर्नुपर्ने माग उठाईरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5