भाइरल ‘महाकुम्भ गर्ल’ मोनालिसाले मुस्लिम प्रेमीसँग गरिन् विवाह

भारतमा महाकुम्भ मेलाका क्रममा भाइरल बनेकी युवती मोनालिसा भोसलेले आफ्ना मुस्लिम प्रेमी फरमान खानसँग विवाह गरेको बताइएको छ , परिवारको विरोध भएपछि उनीहरूले केरालामा प्रहरीसँग सुरक्षा मागेपछि विवाह सम्पन्न भएको बताइएको छ।

समाचार अनुसार, मोनालिसा र फरमान करिब ६ महिनादेखि प्रेम सम्बन्धमा थिए। परिवारले सम्बन्ध स्वीकार नगरेपछि उनीहरूले केरालाको थिरुवनन्तपुरम स्थित मन्दिरमा विवाह गर्ने निर्णय गरेका थिए।

विवाहअघि मोनालिसाले प्रहरी कार्यालयमा पुगेर आफूलाई परिवारले जबरजस्ती घर फर्काउन खोजेको भन्दै सुरक्षा मागेकी थिइन्। प्रहरीले दुबै जना बालिग भएकाले उनीहरूलाई आफ्नै निर्णय अनुसार बस्न र विवाह गर्न अनुमति दिएको जनाएको छ।

विवाहपछि मोनालिसाले सामाजिक सञ्जालमा फैलिएका विभिन्न आरोपहरू अस्वीकार गर्दै धार्मिक परिवर्तन नभएको र विवाह हिन्दु विधिअनुसार मन्दिरमा गरिएको स्पष्ट पारेकी छन्।

मोनालिसा २०२५ को महाकुम्भ मेलामा रुद्राक्ष बेच्दै गरेको भिडियो भाइरल भएपछि “महाकुम्भ गर्ल” का रूपमा चर्चित भएकी थिइन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5