तिलोत्तमामा फुटपाथ अतिक्रमण हटाउन तिलोत्तमा व्यापार संघको आग्रह

रुपन्देहीको तिलोत्तमा नगर क्षेत्रमा बढ्दो फुटपाथ अतिक्रमणका कारण पैदल यात्रुहरू समस्यामा परेपछि सरोकारवालाहरू सक्रिय बनेका छन्। नगरपालिकाको वैशाख ३ गतेको सूचनालाई आधार मानेर तिलोत्तमा व्यापार संघ (चेम्बर अफ कमर्स) ले अतिक्रमण हटाउन व्यवसायी र स्थानीयलाई आग्रह गरेको हो।

संघको वैशाख ६ गते बसेको बैठकले सडक सीमाभित्र राखिएका अवैध संरचना, निर्माण सामग्री, ठेलागाडा तथा पसलका सामानका कारण आवतजावतमा कठिनाइ हुनुका साथै नगरको सौन्दर्यमा समेत असर परेको निष्कर्ष निकालेको छ।

संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेद्वारा जारी सूचनामा नगरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने अभियानमा सबै व्यवसायी र घरधनीको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।

सूचनाअनुसार सम्बन्धित व्यक्तिलाई ७ दिनभित्र सडक सीमा मिचेर राखिएका सबै संरचना र सामग्री हटाउन आग्रह गरिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाइए नगरपालिकाको नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।

व्यापार संघले नगरलाई व्यवस्थित र सुन्दर बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको भन्दै अपिल गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5