बिष्णुमती किनारमा पेस्तोल र गोली बरामद

काठमाडौंको बिष्णुमती खोला किनारमा ठूलो परिमाणमा हतियार बरामद भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान काठमाडौं महानगरपालिका–१५ शोभाभगवती क्षेत्रमा सरसफाइका क्रममा चार थान पेस्तोल, ५८ राउण्ड गोली र ७ थान म्यागजिन फेला परेका हुन्।

प्रहरी परिसरका एसएसपी रमेश थापाका अनुसार बरामद पेस्तोल टाइप–५४ प्रकारका रहेका छन्। त्यस्तै, घटनास्थलबाट ९ एमएम बेरेटा पेस्तोलमा प्रयोग हुने ५८ राउण्ड गोली समेत भेटिएको उनले जानकारी दिए।

महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ टोलीले खोला किनार सफा गर्ने क्रममा उक्त हतियार फेला पारेको हो। प्रारम्भिक अनुसन्धानमा ती हतियार जेनजी आन्दोलनका बेला प्रहरीबाट लुटिएका हुनसक्ने आशंका गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5