साताको सुरुवातमै सुनचाँदी महँगियो, दुवै धातुको भाउ बढ्यो

साताको सुरुवातसँगै नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज दुवै बहुमूल्य धातुको भाउमा वृद्धि देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरअनुसार आज सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको २ लाख ९९ हजार ८ सय रुपैयाँभन्दा १ हजार २ सय रुपैयाँले बढी हो।

चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी आज ९५ रुपैयाँले बढेर प्रतितोला ५ हजार २२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिने गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा

Top 5